स्याङजाको भीरकोटमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मुत्यु ।

आधिखोला खबर / वालिङ् :
स्याङजाको भीरकोट नगरपालिका वडा न. ५ मा ट्याक्टर दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । स्याङजाको भीरकोट नगरपालिका ५ पकानमा दुर्घटना हुदा भीरकोट नगरपालिका १ दार्सिङका ३८ वर्षीय शिव कर्माचार्यको मृत्यु भएको हो । आइतबार राति खेत जोतेर फर्किने क्रममा ग १ त ५०८१ नम्बरको ट्याक्टर भित्री कच्ची सडकबाट पल्टिएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

ट्याक्टरको मालिक समेत रहेका कर्माचार्य कच्ची सडकबाट केही तल पानी भएको ठाँउमा पल्टिदा ट्याक्टरको अगाडीको भागले च्यापिएको अवस्थामा भेटाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो ।
कर्माचायलाई स्थानीय मेडिकलको सामान्या उपचार पछि थप उपचारका लागि प्राथमीक स्वास्थ्य केन्द्र वालिङमा लगिएको थियो । उपचारको क्रममा डाक्टरले मृत घोषणा गरीको प्रहरी कार्यालयले बताएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…