आँधिखोला लघुवित्त वित्तीय संस्थाले ४ लाख कित्ता शेयर खुलाउँदै ।

आँधिखोला लघुवित्त वित्तीय संस्थाले ४ लाख कित्ता शेयर विक्री खुल्ला गर्ने भएको छ।
सर्वसाधारणको लागि ३ लाख ७५ हजार, कर्मचारीका लागि ५ हजार र म्युचुअल फन्डको लागि २० हजार कित्ता प्राथमिक शेयर असार २२ गतेदेखि बिक्री खुला गर्न लागेको हो ।
सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम दुई हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने संस्थाले जनाएको छ । संस्थाले पहिलो चरणका लागि असार २५ गतेसम्म र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा साउन २० गतेसम्म आवदेन खुला गर्ने जनाएको छ ।
६ करोड चुक्त पुँजी रहेको संस्थाको प्राथमिक शेयर निष्काशनपछि १० करोड रुपैयाँ पुग्नेछ । जसमा संस्थापकतर्फ ६० प्रतिशत अर्थात ६ करोड रुपैयाँ र सर्वसाधारणतर्फ ४० प्रतिशत अर्थात ४ करोड रुपैयाँ कायम हुनेछ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


