आँधिखोला लघुवित्त वित्तीय संस्थाले ४ लाख कित्ता शेयर खुलाउँदै ।


आँधिखोला लघुवित्त वित्तीय संस्थाले ४ लाख कित्ता शेयर विक्री खुल्ला गर्ने भएको छ।
सर्वसाधारणको लागि ३ लाख ७५ हजार, कर्मचारीका लागि ५ हजार र म्युचुअल फन्डको लागि २० हजार कित्ता प्राथमिक शेयर असार २२ गतेदेखि बिक्री खुला गर्न लागेको हो ।
सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम दुई हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने संस्थाले जनाएको छ । संस्थाले पहिलो चरणका लागि असार २५ गतेसम्म र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा साउन २० गतेसम्म आवदेन खुला गर्ने जनाएको छ ।
६ करोड चुक्त पुँजी रहेको संस्थाको प्राथमिक शेयर निष्काशनपछि १० करोड रुपैयाँ पुग्नेछ । जसमा संस्थापकतर्फ ६० प्रतिशत अर्थात ६ करोड रुपैयाँ र सर्वसाधारणतर्फ ४० प्रतिशत अर्थात ४ करोड रुपैयाँ कायम हुनेछ ।
समाचार
थप सामाग्री
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
१ महिना अगाडि
पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को स्थान परिवर्तन भएको छ । लेकसाइड क्षेत्रमा…