हङकङ र युकेमा बस्ने स्याङ्जालीले गरे अग्नि पीडितलाई सहयोग ।
तोलाकान्त बगाले / वालिङ :
स्याङ्जाका अग्नि पीडित एक परिवारलाई विदेशमा बस्नेहरुले आर्थिक सहयोग गरेका छन् । स्याङ्जाको साविकको माझकोट शिवालय गाविस हाल वालिङ नगरपालिका ३ घर भई युके र हङकङमा बस्नेहरुले अग्नि पीडित वालिङ ३ माझकोटका दिमबहादुर गुरुङलाई आर्थिक सहयोग गरेकाहुन् ।
रोजगारीको शिलशिलामा युकेमा बस्दै आउनुभएका माझकोटका खुमबहादुर गुरुङ र हङकङमा बस्दै आउनुभएका मुकबहादुर गुरुङको पहलमा संकलन भएको रु. तीन लाख १२ हजार वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले अग्नि पीडितलाई हस्तान्तरण गर्नुभएको हो ।

युकेमा २२ जनाबाट दुई लाख र हङकङमा एक लाख १२ हजार संकलन भएको रकम युकेमा बस्दै आउनु भएका फत्तबहादुर गुरुङमार्फत उपलब्ध गराईएको थियो ।
विदेशमा रोजगारीमा रहेर पनि आफ्ना गाउँ ठाउँमा समस्या परेका बेला सहयोग गर्ने सहयोगीहरुलाई वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले धन्यवाद ब्यक्त गर्दै घरबास गुमाएको परिवारलाई ठूलो राहत मिलेको बताउनुभयो ।
गाउँमा आगलागिबाट एक घर जलेर गोठमा बस्दै आउनुभएको भन्ने थाहा पाएसँगै मानवीय सहयोगका लागि विदेशमा रकम संकलन गरेको युकेमा बस्दै आउनुभएका फत्तबहादुर गुरुङले बताउनुभयो ।
“आगलागिबाट घरमा क्षति पुगेका कारण गोठमा बस्दै आएको छु” अग्नि पीडित दिमबहादुरले भन्नुभयो, “गाउँले दाजुभाईले म प्रति देखाउनुभएको सहयोगप्रति आभारी छु, यो गुनलाई जिन्दगीभरी सम्झने छु ।”
गत फागुन २६ गते दिमबहादुरको घरमा आगलागि हुँदा साढे ५ लाख बढीको क्षति भएको थियो ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


