स्याङ्जाका कुन स्थानीय तहले कति वजेट पाए (हेर्नुहोस् सूची )

Syangja_district

आँधीखोला खवर / स्याङ्जा
आगामी आर्थिक वर्षमा स्याङ्जाका स्थानीय तहले ३ अर्व १७ करोड ४६ लाख रुपैयाँ पाउने भएका छन् । आर्थिक वर्ष २०७६ / ७७ को बजेट भाषण अनुशार स्याङ्जाका ११ स्थानीय तहलाई ३ अर्व १७ करोड ४६ लाख रुपैयाँ विनियोजन गरिएको हो ।
जस अनुसार स्याङ्जाका ५ नगरपालिकालाई १ अर्ब ८४ करोड ४० लाख र ६ गाउँपालिकाको लागि १ अर्ब ३३ करोड ६ लाख विनियोजन गरिएको छ ।
नगरपालिकामा सबैभन्दा बढी वालिङ नगरपालिकालाई ४३ करोड ३० लाख रुपैयाँ विनियोजन गरिएको छ भने कम भीरकोट नगरपालिकालाई २५ करोड ८५ लाख विनियोजन गरिएको छ ।
वालिङ नगरपालिकालाई ४६ करोड ३० लाख विनियोजन भएको गरिएको छ । जसमा वित्तीय समानीकरणमा १५ करोड ७४ लाख सशर्त अनुदान अन्र्तगत ३० करोड ५६ लाख रहेको छ । पुतलीबजार नगरपालिकालाई ४३ करोड ३२ लाख विनियोजन गरिएको छ जसमा वित्तीय समानीकरणमा १४ करोड २२ लाख सशर्त अनुदान अन्र्तगत २९ करोड १० लाख छ । त्यस्तै गल्याङ नगरपालिकालाई जम्मा ३६ करोड ३१ लाख विनियोजन गरेको छ जसमा वित्तीय समानीकरणमा रु १२ करोड ७१ लाख र सशर्त अनुदान अन्र्तगत २२ करोड ९० लाख छ । त्यस्तै गरी चापाकोट नगरपालिकालाई जम्मा ३२ करोड ३२ लाख विनियोजन भएको गरिएको छ । जसमा समानीकरणमा १० करोड ३७ लाख सशर्त अनुदान अन्र्तगत २१ करोड ९६ लाख रहेको छ ।
यसैगरी भीरकोट नगरपालिकालाई २५ करोड ८५ लाख विनियोजन भएको छ । जस मध्ये वित्तीय समानीकरणमा १० करोड १४ लाख सशर्त अनुदान अन्र्तगत १५ करोड ७१ लाख रहेको छ ।
स्याङ्जाका गाउँपालिका मध्ये सबैभन्दा बढी आँधीखोला गाउँपालिकालाई २६ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको छ भने कम हरिनास गाउँपालिकालाई १८ करोड ३५ लाख विनियोजन गरिएको छ ।
आँधिखोला गाउँपालिकालाई विनियोजन गरिएको २६ करोड ८० लाख रकम मध्ये वित्तीय समानीकरणमा ७ करोड ९४लाख र सशर्त अनुदान अन्र्तगत १८ करोड ८६ लाख रहेको छ
अर्जुन चौपारी गाउँपालिकालाई २० करोड ४५ लाख विनियोजन भएको छ । जसमा वित्तीय समानीकरणमा ७ करोड ३४ लाख र सशर्त अनुदान अन्र्तगत १२ करोड ८१ लाख रहेको छ ।।
कालीगण्डकी गाउँपालिकालाई २६ करोड ३३ लाख विनियोजन भएको छ । जसमा वित्तीय समानीकरणमा ९ करोड ३९ लाख र सशर्त अनुदान अन्र्तगत १६ करोड ९४ लाख रहेको छ । त्यस्तै फेदीखोला गाउँपालिकालाई १८ करोड ९१ लाख विनियोजन भएको छ । जसमा वित्तीय समानीकरणमा ७ करोड ५ लाख र सशर्त अनुदान अन्र्तगत ११ करोड ८६ लाख रहेको छ ।
विरुवा गाउँपालिकालाई २२ करोड २२ लाख विनियोजन भएको छ । जसमा वित्तीय समानीकरणमा ८ करोड १६ लाख र सशर्त अनुदान अन्र्तगत १४ करोड ६ लाख रहेको छ । यस्तै गरी हरिनाश गाउँपालिकालाई लागि १८ करोड ३५ लाख विनियोजन भएको छ । उक्त रकम मध्ये वित्तीय समानीकरणमा ७ करोड ८३ लाख र सशर्त अनुदान अन्र्तगत १० करोड ५२ लाख रहेको छ ।

Facebook Comments Box
TOP