विश्व दुग्ध दिवस स्याङ्जामा पनि मनाईयो ।

तस्वीर-निर्भिकनारायण भूर्तेल
आँधीखोला खवर/ वालिङ :
स्याङ्जाको वालिङमा पनि विश्व दुग्ध दिवस मनाईएको छ । भेटेरीनरी तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाको आयोजना र वालिङ—१३ मा रहेको मिलन दुग्ध उत्पादक सहकारी संस्थाको सहआयोजनामा दिवस मनाईएको हो ।
दिवसका अवसरमा वालिङ नगरपालिका कार्यालयबाट शुरु भएको प्रभातफेरि बजारका विभिन्न भागको परिक्रमा गरी पशु स्वास्थ्य सेवा केन्द्र भकुण्डेमा पुगेर सभामा परिणत भएको थियो ।
सभामा बोल्दै वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँणले वास्तविक किसानहरुले अनुदान प्राप्त गर्ने गरी नीतिगतरुपमा परिवर्तन गर्नु आवश्यक रहेको बताउनुभयो । प्रमुख खाणले सरकारी अनुदानका लागि क्रियाशिल र वास्तविक किसानहरु पहिचान हुनु आवश्यक रहेको स्पष्ट पार्नु भयो ।
कार्यक्रममा भेटेरीनरी तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाका प्रमुख विश्वनाथ गौतम वडा नं. १३ का वडा अध्यक्ष आनन्द पाठक, वडा नं. १० का वडा अध्यक्ष अनन्तराज गैह्रे, पशु विकास अधिकृत हुमनारायण श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।

भेटेरीनरी तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाका प्रमुख विश्वनाथ गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला कृषि सञ्जाल स्याङ्जाका उपाध्यक्ष यज्ञप्रसाद पाठकले र स्वागत मिलन दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष पदमप्रसाद पाठकले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री
पोखराकाे जिएमसीमा पित्त नलीको ढुंगा निकाल्ने ‘इआरसीपी’ सेवा सुरु, ग्यास्ट्रो उपचार आधुनिक बन्दै
१ महिना अगाडि
पोखरा : पोखरामा रहेकाे गण्डकी मेडिकल कलेज (जिएमसी) मा पित्त नलीको ढुंगा निकाल्ने ‘इआरसीपी’ सेवा सुरु भएकाे छ । डा….


