विश्वकप क्रिकेट : भारत आज दक्षिण अफ्रिकासँग खेल्दै
उपाधिको प्रमुख दावेदारको रुपमा इंग्ल्याण्ड पुगेको विराट कोहलीको कप्तानीमा रहेको भारतीय टोलीले आईसीसी एकदिवशीय विश्वकपको आफ्नो पहिलो खेल दक्षिण अफ्रिकाविरुद्ध बुधबार खेल्दैछ । भारतको यो पहिलो खेल भए पनि दक्षिण अफ्रिकाले यसअघि २ खेल खेलिसकेको छ । पहिलो खेलमा घरेलु टोली इंग्ल्याण्डसँग १०४ रनले पराजित भएको दक्षिण अफ्रिका दोस्रो खेलमा बंगलादेशसँग २१ रनले हारेको थियो ।
प्रतियोगिता सुरु भइसकेपछि दक्षिण अफ्रिकाका मुख्य बलर डेल स्टेन चोटका कारण बाहिरिएका छन् । लुंगी एनगिदी पनि १० दिनका लागि बाहिर रहेका छन् । साउथह्याम्प्टनमा हुने खेलका लागि भारतीय टोलीलाई यो खुसीको खवर हो । किनभने न्यूजिलयाण्डबिरुद्धको अभ्यास खेलमा भारतीय ब्याट्सम्यान फाष्ट बलरसामू निरिह बनेका थिए । लिङमा जसप्रित बुम्राह र भूवनेश्वर कुमारले फाष्ट बलिङ जिम्मेवारी लिन सक्नेछन् । तेस्रो फाष्ट बलरका रुपमा अलराउण्डर हार्दिक पण्ड्या पनि बिकल्प हुनेछन् । स्पिनमा कुलदीप यादव, युजवेन्द्र चहल र रविन्द्र जडेजा हुनेछन् ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


