भीरकोटमा बसपार्क सञ्चालन गरे सँगै सरोकारवालाहरु सँग छलफल गरियो ।

कला राना / वालिङ :

यातायात व्यवसायी, सवारी चालक तथा सहचालकसंगको छलफल भीरकोटमा सम्पन्न भएको छ । नगरपालिकाले बसपार्क सञ्चालनमा ल्याएसंगै व्यवसायी तथा चालकहरुबीचमा छलफल गरेको हो । नगरपालिकाले जिल्ला ट्राफिक कार्यालय स्याङ्जाको सहकार्यमा छलफल कार्यक्रमको आयोजना गरेको हो ।

छलफलका क्रममा बसपार्कमा पार्किङ गरे बापत तोकिएको दरभाउ बढी भएको व्यवशायीहरुले गुनासो गरेका छन् । कार्यक्रममा नगरप्रमुख छायाराम खनालले सवारी कर आ–आफ्नो वडामा तिनुपर्ने भन्दै नगरलाई दुर्घटनामुक्त बनाउन सहयोग गर्न आग्रह गर्नुभयो ।


यात्रा सरल, सहज र आरमदायी बनाउनका लागी ट्राफिक नियम लापना गर्नुपर्ने भन्दै बजार स्थलका सडकहरुमा ५ मिनेटभन्दा बढी रोक्न नपाईने भन्दै ट्राफिक नियमले बजारलाई सुन्दर राख्न समेत मद्दत गर्ने बताउनुभयो । साथै प्रमुख खनालले यही असार मसान्तभित्र दरभाउ रकम तिरेमा आधा मात्रै भुक्तानी गरेमा हुने समेत बताउनु भएको छ ।

कार्यक्रममा ट्राफिक प्रमुख रेशम रानाभाटले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुङ्गाना, भीरकोट उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जगदिश कोईराला लगायतले बोल्नुभएको थियो । प्रमुख खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपप्रमुख सिमा केसी कर्माचार्य र सञ्चालन योजना अधिकृत यामप्रसाद रेग्मीले गर्नुभएको थियो ।

तस्वीर -कमल रेग्मी /भीरकोट नगरपालिका

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP