बिरुवाको सिङ्गो बस्तीमा खानेपानी समस्या ।

तस्वीर-ईन्सेकको पेजबाट


स्याङजा :

बिरुवा गाउँपालिकाको एउटा सिङ्गो बस्तीमा खानेपानीको लागि वर्षौँदेखि घण्टौ समय खर्च गरिरहनुपर्ने बाध्यता अहिलेपनि कायमै छ ।सरकारले जनताका आधारभुत आवश्यक्ता पुरा गर्ने बताइरहे पनि जनताले भने खानेपानीकै लागि घण्टौ लगाएर पानी ल्याउनु परिरहेको छ ।

तस्वीर-ईन्सेकको पेजबाट

बिरुवा गाउँपालिका–५, किचनास पुष्प गाउँका दलित समुदायले पुस्तौँदेखि खानेपानीको लागि एक घण्टाको बाटो हिँडेर जोहो गर्दै आएका छन् ।देशमा लोकतन्त्र आयो गणतन्त्र आयो धेरै परिवर्तन भयो । तर, २५ घर रहेको पुष्प गाउँका दलित बस्तीमा भने कुनै तन्त्रले छोएको छैन ।

व्यवस्थामा परिवर्तन आए पनि यो गाउँका स्थानीयले डोकोमा पानी बोकेरै दैनिकी चलाइरहेका छन् । डोकोमा पानीको गाग्री बोकेर घर तर्फ आउँदै गरेकी ३६ वर्षीया सन्सारी बिकले भनिन्–‘एक गाग्री पानी ल्याउनको लागि एक घण्टा लाग्छ । बिहान उठेर पानी लिनको लागि नागास्थान धारामा जानु पर्छ । पानी बोक्दा बिहानको धेरै समय खर्च हुने भएकाले छोराछोरीलाई स्कुल पठाउन समेत समस्या हुने गरेको छ ।’बिहान बेलुकाको अधिकांश समय पानी बोकेरै बित्ने भएकोले खेती किसान गर्न समेत समस्या हुने गरेको स्थानीय मुक्तबहादुर बिकले बताए ।उनले भने ‘त्यति टढाबाट ल्याएको पानी घरपरिवारले खाने की गाई वस्तुलाई खुवाउने ? पानीको समस्याले गर्दा गाउँलेले धेरै दुःख भोगे पनि चुनावका बेलामा सबैले यो गर्छौँ त्यो गर्छौँ भन्छन् तर अहिले सहयोग गर्न कोही आएनन् ।’

किचनास आधारभुत विद्यालयकी शिक्षिका सुनिता सुनारले बिहान झिसमिसेमै उठेर पानी बोक्नु पर्ने भएकाले राम्रोसँग निद्रा समेत पुर्‍याउन नपाएको गुनासो गर्छिन् ।सुनिताले भनिन्-‘बिहान उठेर पानी बोक्ने की घरको काम गर्ने निकै समस्या भएको छ । पानीकै कारण कहिलेकाहित विद्यालय जान समेत ढिला हुने गरेको सुनिताको भनाइ रहेको छ । पानीको अभावले गाउँमा सरसफाइको लागि समेत समस्या भएको सुनिता बताउँ छिन् ।किचनास आधारभुत विद्यालय कक्षा ७ मा अध्ययनरत विनिसा बिकले खानेपानीको समस्याले गर्दा कहिलेकँही पढाइ समेत छुट्ने गरेको बताइन् ।

उनले भनिन्–‘पानी लिनको लागि टाढा जानु पर्छ । पानी लिएर आउँदा ढिलो हुने भएकाले पढाइ समेत छुट्छ ।’बिरुवा गाउँपालिकका अध्यक्ष चुनप्रसाद शर्माले पुष्प गाउँको दलित बस्तीमा खानेपानीको समस्या समाधानको लागि आफूले पहल गरिरहेको र मुलको समस्याले गर्दा केही ढिला भएपनि पुष्प गाउँका बासिन्दालाई पानी खुवाएरै छाड्ने बताए ।

–हिमलाल पराजुली / ईन्सेक

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP