फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मलेसियासँग नेपाल पराजित

काठमाण्डाै – फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत आइतबार भएकाे खेलमा नेपाल र मलेसियासँग पराजित भएकाे छ । पहिलाे हाफ गोलरहित बराबरीमा सकिएको भए पनि दाेस्राे हाफ भने पूरै मलेसियाकाे पकडमा रहँदा नेपाल पराजित हुन पुग्याे । 

मलेसियाको बुकित जलील रंगशालामा भएकाे खेलमा नेपाल विरुद्ध घरेलु टिमले सुरुवाती ५ मिनेटमा तीन वटा आक्रमण गरेको थियो । जसमा उसले पहिलो प्रहार पोष्ट माथि प्रहार गयो भने दोस्रो प्रहारलाई किरण चेम्जोङले बचाए । त्यसपछि तेस्रो आक्रमण पोलमा लागेर फर्कियो । उसका सेजवान जेइनोनको प्रहार पोलमा लागेको थियो ।

२८ औं मिनेटमा नेपालले गोलको राम्रो अवसर पाएको थियो । तर विक्रम लामाको प्रहार पोलमा लागेर फर्किन पुग्यो । ३६ औं मिनेटमा मेलेसियका प्रयासलाई विफल पारेको नेपालले ४० औं मिनेटमा बल क्लियर गर्न पुग्दा देबेन्द्र तामाङले पहँलो कार्ड पाए ।

४१ औं मिनेटमा मलेसियाका मोहम्मदले नेपालका दुई जना डिफेन्डरलाई विट गरिसकेका बेला रजीन धिमालले क्लियर गरेका थिए । त्यस लगत्तै पनि रजिनले नै बल क्लियर गरेर नेपालको संकट टारेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा नेपालले मलेसियालाई रोक्न सकेन । ५०औं मिनेटमा मोहम्मद राशिदले गोल गर्दै मलेसियालाई अग्रता दिलाए ।

अनन्त तामाङले विपक्षी खेलाडीलाई फल गरेपछि मलेसियाले पेनाल्टी पाएको थियो । दोस्रो हाफ पूरै मलेसियाले बलमा पकड जमायो । ८१औं मिनेटमा मलेसियाले अर्को गोल गर्‍यो । शाहरुल मोहम्मद सादले गोल गरेका थिए ।

त्यसपछि नेपाल खेलमा फर्किन सकेन र पराजित भयो । यो नतिजाका कारण मलेसिया विरुद्ध नेपालको जित निकाल्ने लक्ष्य पूरा हुन सकेन ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP