फरक क्षमताका विद्यार्थीलाई खाजा खुवाएर नेविसंघका नेताले मनाए जन्म दिन ।

आँधीखोला खवर / वालिङ :
फरक क्षमता भएका विद्यार्थीहरुलाई खाजा खुवाएर स्याङ्जाका नेविसंघका एक नेताले जन्म दिन मनाएकाछन् । नेविसंघ स्याङ्जाका नेता कमल कुवँरले भुम्रे माविमा अध्ययनरत फरक क्षमता भएका विद्यार्थीहरुलाई खाजा खुवाएर जन्म दिन मनाउनु भएको हो । आफूले अन्य क्षेत्रमा खर्च हुने रकम बचत गरेर फरक क्षमताका विद्यार्थीलाई खाजा खुवाएको नेता कुवँरले वताउनु भयो ।

फरक क्षमता भएका विद्यार्थीहरुलाई नयाँ मान्छे आउदा र नयाँ चिज पाउदा निक्कै उत्साहित हुने गरेको भुम्रे माविका शिक्षक डोलराज वस्यालले बताउनु भयो । सो अवसरमा नेविसंघ स्याङ्जाका कोषाध्यक्ष ध्रुव पंगेनी,नेविसंघ वालिङ नगर सभापति दिक्षान्त प्रताप खाँण, नेविसंघ जिल्ला सदस्य सन्देश लम्साल लगायतको उपस्थिती रहेको थियो ।

समाचार
थप सामाग्री
सरकारले निजि मिडियाप्रती गरेको निर्णय खेदजनक
३ हप्ता अगाडि
आरती कुँवर/वालिङ : नेपाल प्रेस युनियन स्याङ्जाको आयोजनामा सरकारी विज्ञापन रोकिँदा निजी मिडियामा पर्ने असरका बारेमा शनिबार वालिङ नगरपालिकाको सभाहलमा…


