प्रहरीद्धारा गाँजाको बोट फडानी गरी नष्ट ।

आँधीखोला खवर/ वालिङ :
जिल्ला प्रहरी कार्यालय स्याङ्जाको सक्रियतामा स्याङ्जाका विभिन्न ठाउँबाट ठूलो संख्यामा गाँजाको बोट फडानी गरी नष्ट गरिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय प्रहरी र व्यक्तिहरुको सहकार्यमा अवैध रुपमा लगाईएका गाँजाका बोट फडानी गरी नष्ट गरिएको हो ।

अर्जुनचौपारी प्रहरी चौकीको सक्रियतामा अर्जुनचौपारी २ स्थित बारीमा लगाईएको ६ सय २५ बोट र सेतिदोभान प्रहरी चौकीको सक्रियतामा आँधीखोला गाउँपालिका ५ स्थित बारीमा लगाईएको ६ सय बोट गरी १ हजार २ सय २५ बोट गाँजाका बोट फडानी गरिएको प्रहरीले जनाएको छ । फडानी गरिएका उक्त गाँजाका बोट प्रहरी, स्थानीय जनप्रतिनिधि तथा भद्रभलाद्मीको रोहबरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरिक्षक नविन कृष्ण भण्डारीले जानकारी दिनुभयो ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


