प्रजातान्त्रिक बिचार समाज स्याङ्जामा पुन :सुवेदी ।
भवानी अधिकारी/ स्याङ्जा :
प्रजातान्त्रिक बिचार समाज स्याङ्जाको वालिङमा भएको तेस्रो अधिवेशनले पुन : मुक्तिप्रसाद सुवेदीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । समितिको पहिलो बैठकले अन्य १० जना सदस्यको चयन गर्ने प्रावधान छ ।
समितिको उपाध्यक्षमा मुक्तिप्रसाद रेग्मी, सचिवमा सीता गैह्रे, कोषाध्यक्षमा रामचन्द्र अर्याल, सहसचिवमा जीवन रेग्मी चयन हुनु भएको हो ।
यसैगरी, सदस्यहरुमा भवानी अधिकारी, ऋषि भण्डारी, कमल गुरुङ, भीमप्रसाद पंगेनी, गुणनीधि काफ्ले, इन्द्र गोदार, नरबहादुर पौडेल, अर्जुन गैह्रे, श्रीकृष्ण सिग्देल, अनुप श्रेष्ठ चयन हुनुभएको छ ।
अधिवेशनको उदघाटन गर्दे प्रजातान्त्रिक बिचार समाजका केन्द्रीय सचिव बासुदेव भण्डारीले कुनै राजनीतिक दलको पृष्ठपोषण भन्दा आम नागरिकका वाक तथा प्रेस स्वतन्त्रता, मानवअधिकार, बिधिको शासन, लोकतान्त्रिक पद्धती अवलम्बन गर्दे अघि बढ्ने समाजको उदेश्य रहेको बताउनु भयो । सबैका बिचारहरुको समान सम्मान गर्दै समायानुकुल आफुलाई परिस्कृत गर्दे अघि बढ्न र आम नागरिकका चासो, आवश्यकता र पहिचानका बिषयमा सबै प्रजातान्त्रिक बिचार अवलम्बन गर्ने नागरिकलाई गोलबद्ध गर्दे अघि बढ्न समाजका पदाधिकारी लगायत सहभागी सदस्यहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश संयोजक अकलदेवी मिश्र, प्रजातान्त्रिक विचार समाज कास्कीका सचिव शिशुकला पराजुली, सदस्य शान्ति भुषाल, सल्लाहकार खगेन्द्रराजग रेग्मी, डा. यामबहादुर क्षेत्री, पत्रकार महासंघका सभापति ओमप्रकाश शर्मा, प्रेस युनियनका सभापति प्रदीप कोइराला लगायतले स्याङ्जा पठित तथा बौद्धिकहरुको जिल्ला भएको बताउदै राज्यका गतिबिधीका बारेमा जानकारी गराउन नागरिक समाजसम्म पुग्नका लागि प्रजातान्त्रिक बिचार समाजले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
समाजका अध्यक्ष मुक्तिप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष धुव पंगेनीले स्वागत एवं सचिव इन्द्रबहादुर गोदारले संचालन गर्नुभएको थियो । बिभिन्न क्षेत्र र बिधामा रहेर काम गर्दै आउनु भएकालाई समेटेर समाज गठन गरिएको हो ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


