तरकारी तथा फलफूल सम्बन्धी तालिम सकियो ।
भवानी अधिकारी
पुतलीबजार नगरपालिका वडा नं. १३ महिला विकास समितिको आयोजनामा मौसमी तथा बेमौसमी तरकारी तथा फलफूल सम्बन्धी ३ दिने तालिम शनिवार सम्पन्न भएको छ । तालिमको समापन गर्दै नगर प्रवक्ता एवं वडा नम्वर १३ का अध्यक्ष ख्याम नारायण अधिकारीले समृद्ध पुतलीबजार सुखी नगरबासी बन्नका लागि तालिमलाई ब्यवहारमा लागु गर्न आग्रह गर्नु भयो । कार्यक्रममा नगर कार्यपालिका सदस्य उमादेवी बस्याल, कृषिबिज्ञ ख्यामनारायण चापागाई, वडा सदस्य जुद्धबहादुर थापा, नेपाली कांग्रेसका सभापति हर्क सारु, स्वास्थ्य चौकीका इन्चार्ज बिष्णुप्रसाद काफले, टोल संयोजक तारकबहादुर थापा, दलित संयोजक बुद्धि परियार, वाल क्लवका धु्रव क्षेत्री, टोल विकासका संयोजक गौमाया थापा, लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । महिला विकास समिति संयोजक देवका भुषालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ज्योतीका काफ्लेले स्वागत एवं संचालन पुष्पा पौडेलले गर्नुभएको थियो । तालिमका सहभागी ७० जनालाई प्रमाणपत्र र बिउविजन बितरण गरिएको थियो ।
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


