गल्याङमा छुवाछुत मुक्त राष्ट्रिय घोषणा दिवस मनाइयो ।

नारायण विश्वकर्मा / गल्याङ :
स्याङ्जाको गल्याङ बजारमा छुवाछुत मुक्त राष्ट्रिय घोषणा दिवस मनाइएको छ ।
गल्याङ नगर स्तरीय दलित समन्वय समितिद्धारा दलित अधिकार विषयक अन्तरक्रिया गरी दिवस मनाइएको हो ।

कार्यक्रममा जिल्ला समन्वन समितिका सदस्य धनमाया विश्वकर्माले नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरे पनि जातिय आधारमा गरिने विभेद समाजमा यथावत रहेको बताउनुभयो । उहाँले कानुनी साक्षरता भएका व्यक्तिबाटै दलितहरुलाई अमानवीय व्यवहार हुने गरेको भन्दै त्यस्ता व्यक्तिलाई कानुनी कठघरामा ल्याउन गैरदलित समुदायले समेत भुमिका खेल्नुपर्ने स्पष्ट पार्नु भयो ।
विश्वकर्माले सम्पुर्ण जातजाती मिलेर अगाडि वढ्न सके मात्रै मुलुकमा छिटै नै समृद्ध आउन सक्ने दावी गर्नु भयो उहाँले हरेक मानिसलाइ समान व्यावहार गरेर शान्तिपुर्ण समाज स्थापनामा सवैले योगदान दिन आवस्यक रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा नेकपा जिल्ला सदस्य श्याम वहादुर विश्वकर्मा, मुक्ति समाज जिल्ला उपाध्यक्ष याम वहादुर विश्वकर्मा, नेपाल उत्पिडित दलित समाज विकास समिति अध्यक्ष कुल वहादुर विश्वकर्मा, गल्याङ बजार व्यवस्थापन समितिका अध्यक्ष जनक कुमार श्रेष्ठ, मानव समानता आमा समुह अध्यक्ष प्रतिमा सुनार, जगत्रदेवी साहित्य संगमका अध्यक्ष सुर्य प्रसाद डुम्रे लगाएतले धारणा राखेका थिए ।
कार्यक्रममा प्रगतिशिल कानुनविद टंक न्यौपानेले दलित अधिकार र जातिय विभेद कसुर र सजायका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत गल्याङ नगर स्तरीय दलित समन्वय समितिका संयोजक तिलकराम विश्वकर्माले र संचालन मानव समानता आमा समुह गल्याङकी सचिव अन्जु गहतराज (स्मृती) ले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


