कालिका लघुवित्तले चालु आर्थिक बर्षमा ३० वटा गोष्ठी सम्पन्न गर्यो ।

आँधीखोला खवर/ वालिङ :
स्याङ्जामा केन्द्रिय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्थाले यस आर्थिक वर्षको योजना अनुसारको ३० वटा शाखा कार्यालयमा केन्द्र प्रमुख तथा उप प्रमुखहरुको गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले पाल्पा, स्याङ्जा, पर्वत, कास्की, तनहुँ, गोरखा, धादिङ, मकवानपुर नवलपुर, रुपन्देही लगायतको जिल्लामा रहेका ३० वटा शाखाहरुमा गोष्ठी सम्पन्न गरेको हो । अन्तिम २ वटा कार्यक्रम बुटवलको योगिकुटी र सैनामैनाको रानीबगियामा कार्यक्रम सकाएको हो ।
कार्यक्रम बाट आगामी दिनमा कस्तो खालको कार्यक्रमहरु सदस्यहरुको लागि ल्याउने भन्ने विषयमा आफूहरु प्रष्ट भएको संचालक समितिका सदस्य कृष्णकाजी केसीले बताउनु भयो । अर्का सञ्चालक नित्यानन्द तिवारीले कार्यक्रमले एक आपसमा सामिप्यता बढाएको बताउनुभयो ।
संस्थाले सदस्यहरुको भावना अनुसार नै कार्यक्रमहरु सञ्चालन गर्ने संस्थाका अध्यक्ष कृष्ण खाँणले जानकारी दिनु भयो । गोष्ठीबाट आएका कुराहरु एक—एक केलाउँदै आगामी आर्थिक वर्षको कार्यक्रम तथा योजनाहरु त्य गरिने संस्थाका प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहराले बताउनु भयो ।
सदस्यहरुले संस्थाको कार्यक्रमले संस्थाको जोखिम व्यवस्थापनमा पनि महत्वपुर्ण भुमिका खेलको संस्थाका जोखिम व्यवस्थापन विभाग प्रमुख राजेश श्रेष्ठले जानकारी दिनुभयो
प्रतिस्पर्धात्मक बजारमा सदस्यहरुको गुनासो तथा सुझाव अनुसारले कार्यक्रम तथा नीतिहरु बनाउन धेरै सहयोग भएको र सदस्यहरु उत्साहित रहेको कार्यक्रम संयोजक याम प्रसाद अर्यालले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री
पोखराकाे जिएमसीमा पित्त नलीको ढुंगा निकाल्ने ‘इआरसीपी’ सेवा सुरु, ग्यास्ट्रो उपचार आधुनिक बन्दै
१ महिना अगाडि
पोखरा : पोखरामा रहेकाे गण्डकी मेडिकल कलेज (जिएमसी) मा पित्त नलीको ढुंगा निकाल्ने ‘इआरसीपी’ सेवा सुरु भएकाे छ । डा….


