आज पनि हावाहुरीसहित पानी पर्ने
काठमाडौं : देशैभरिको मौसम आंशिकदेखि सामान्य बदली रही आज पनि केहि ठाउँमा हावाहुरी, मेघ गर्जनसहित पानी पर्ने भएको छ। जल तथा मौसिम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाकी मौसमविद मन्जु बासिका अनुसार आज देशैभरको मौसम बदली भई दिउँसो र बेलुकीपख पानी पर्नेछ। अहिलेको मौसम भने सामान्य बदली भई मध्य भेगका एक दुइ ठाउँमा पानी परेको छ। अन्य भेगको मौसम समान्यदेखि आंसिक बदली रहेको बदली रहेको मौसमविद बासीले बताइन्। आज बिहान काठमाडौं उपत्यकाको न्युनतम तापक्रम १८ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो बढेर २९ देखि ३१ डिग्री सेल्सियस सम्म पुग्न सक्ने अनुमान गरिएको छ। आइतबार राति काठमाडौं उपत्यकमा ११ दशमलब ६ मिलिमिटर पानी परेको छ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


