स्याङ्जामा मेलमिलाप सम्बन्धी अभिमूखीकरण कार्यक्रम सम्पन्न ।
भवानी अधिकारी / स्याङ्जा :
जिल्लामा भए गरेका मेलमिलाप सम्बन्धी कामकारवाहीका बारेमा जानकारी लिने उदेश्यले मेलमिलाप सम्बन्धी अभिमूखीकरण कार्यक्रम सोमबार स्याङ्जा सदरमुकाममा गरिएको छ ।
जिल्ला मेलमिलाप अनुगमन समिति स्याङ्जा जिल्ला अदालतको समन्वय तथा मेलमिलाप परिषदको आयोजनामा मेलमिलाप सम्बन्धी अभिमूखीकरण गरिएको हो ।
अभिमूखीकरण कार्यक्रममा साविक पुनरावेदन अदालतका पूर्व मुख्यन्यायधीश केशरीराज पण्डित तथा मेलमिलाप बिज्ञले मेलमिलाप सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
बिसं २०५७÷२०५८ सालदेखि सुरु भएको सामुदायिक मेलमिलाप २०६० को दशकदेखि अदालत सम्बन्ध मेलमिलाप प्रारम्भ भएको जानकारी गराउनुभयो । मेलमिलापका कारण सामाजिक, राजनैतिक र कानूनी प्रतिवद्धता पुरा भएको र स्थानीय तहमै सयौं मेलमिलापकर्ता उत्पादन भएको बताउनुभयो । जसका कारण स्थानीयतह भित्रका विवाद निरुपण गर्न सहज बनेको उहांको भनाई छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासले मुद्धामा मेलमिलापपछि दुबै पक्षको जित जित हुने हुदा पुराना रिस र तिक्तता मेटिने बताउनुभयो ।
यसैगरी, पुतलीबजार नगर उपप्रमुखहरु महेश पुरी, वालिङ् नगर उपप्रमुख कल्पना तिवारी, भीरकोट नगर उपप्रमुख सीमा क्षेत्री कर्माचार्य, वडा अध्यक्ष बाबुराम श्रेष्ठ, आधीखोला गाँउपालिकाका उपाध्यक्ष शर्मिला पौडेल, फेदिखोलाका उपाध्यक्ष उपाध्यक्ष देवी थापा लगायतले न्यायिक समितिलाई प्रभावकारी बनाउन सबै स्थानीयतहमा कानूनी सहयोगी आबश्यक भएको बताउनुभयो ।
कार्यक्रममा अधिवक्ताहरु तुलसी गिरी, बिष्णुप्रसाद उपाध्याय, श्यामप्रसाद श्रेष्ठ, दीघनारायण शर्मा, प्रकाश अर्याल लगायतले सुझाव एवं आआफना धारणा ब्यक्त गर्नुभएको थियो । जिल्ला न्यायधीश रमानाथ पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रेस्तेदार नन्दप्रसाद आचार्यले संचालन गर्नुभएको थियो ।
अभिमूखीकरण कार्यक्रममा स्याङ्जाका ११ वटै स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरुको सहभागीता थियो ।
समाचार
थप सामाग्रीअदालतको आदेशसँगै धरौटी बुझाएर छुटे रास्वपा सभापति लामिछाने ।
६ दिन अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटी बुझाएर छुटेका छन् । कास्की जिल्लाको हिरासतबाट लामिछाने ८४ दिनपछि धरौटीमा रिहा भएका…