स्याङ्जामा महिला हिंसा र दुरब्यबहार सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
भवानी अधिकारी / स्याङ्जा :

स्याङ्जामा महिला बिरुद्ध हुने हिंसा, सामाजिक कुरिती, दाइजो, छाउपडी लगायत यौनजन्य दुरब्यबहार सम्बन्धी अन्र्तक्रिया गरिएको छ । राष्ट्रिय महिला आयोगद्धारा आइतवार स्याङ्जामा आयोजित अन्र्तक्रिया कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासले महिला माथि हत्या, हिंसा, बलात्कारका घटना दिन प्रति दिन बढेको बताउदै यस्ता घटनाले समाज र मुलुकलाई नै नकारात्मक प्रभाव पार्ने बताउनुभयो । बिकृत मानसिकताका कारण घट्ने यस्ता घटनाबाट पीडितले न्याय र पीडकलाई कानूनी कारवाही दिलाउन सबैको सहयोग आवश्यक हुनेमा जोड दिनुभयो । हिंसा, दाइजो, कुरिती र योैनजन्य दुरब्यबहारमा सुन्य शहनशीलता हुनु पर्ने उहांको भनाई छ ।
कार्यक्रममा पुतलीबजार नगरप्रमुख सीमा क्षेत्री, आधीखोला गाउपालिकाका उपप्रमुख शर्मिला पौडेल लगायतले यस्ता दुब्र्यवहार न्यूनीकरणका लागि सचेतना, शिक्षा लगायतका बिषयमा जानकारी गराउन सबैको सहयोग हुनु पर्नेमा जोड दिनुभएको थियो । प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय महिला आयोग र जिल्ला प्रहरी प्रमुख राजकुमार लम्साल लगायतले महिला हिंसा सम्बन्धी छुट्टाछुट्टै ३ वटा कार्यपत्र प्रस्तुत गरिएका थिए ।
कार्यक्रममा जिल्लाका एघार वटै स्थानीय तहका न्यायिक समितिका संयोजक, महिला अधिकारकर्मी, कार्यालयका प्रमुख, गैरसरकारी संस्थाका पदाधिकारी लगायत सरोकारवालाहरुको सहभागीता थियो ।
समाचार
थप सामाग्री-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
३ हप्ता अगाडि
चापाकोट : चापाकोट नगरपालिका वडा नं. १ को वडा कार्यालयमा आज युवाहरूले तालाबन्दी गरेका छन्। वडा अध्यक्ष भुपराज वोस्तीले स्थानीय…


