सरकारले कांग्रेसले जितेका स्थानीय तहमा विभेद गर्यो : मेयर गिरी

चापाकोट – सरकारले कांग्रेसले जितेका स्थानीय तहमा विभेद गरेको चापाकोट नगरपालिकाका प्रमुख शिव गिरीले बताउनुुभएको छ । “केन्द्र तथा प्रदेश सरकारमा नेकपाको नेतृतव छ, उहाँहरु कांग्रेसलाई निषेध नै गर्ने गरी लाग्नुुभएको छ”। मेयर गिरीले भन्नुुभयो ।
नेकपाका नेता तथा कार्यक्रता तल्लो तह देखि नै कांग्रेसले जीतेको स्थानमा असहयोगको नीतिमा लागेको उहाँको भनाई छ । चापाकोट नगरपालिकालाई देशको नै उत्कृष्ट स्थानीय तह बनाउने आफ्नो संकल्पमा पनि नेकपा नै बाधक बनेको उहाँको भनाई छ । “म चापाकोटलाई कृषि र पर्यटनमा उत्कृष्ट गन्तव्यको रुपमा विकास गर्न लागिपरेको छुु, उहाँले भन्नुुभयो, तर सरकारले आफ्ना योजनामा पनि खासै चासो नदेखाएको मेयर गिरीको गुुनासो छ ।
चापाकोटलाई आफूू निर्वाचित भएर आए यता निकै सुुधार गरेकाले नेकपा यस्ता विकासका कामबाट आत्तिएको मेयर गिरीको भनाई छ । चापाकोटमा यो वर्षसम्म सबै वडालाई बाटाको संजालबाट जोडिएको, मुख्य सडकलाई फराकिलो बनाएर ग्राभेल तथा पीच गर्ने काम पनि भइरहेको छ, उहाँले भन्नुुभयो । खाने पानिको क्षेत्रमा पनि चापाकोट नगरपालिकाले निकै सुधारका काम गरेको स्थानीयको भनाई छ । नगरपालिकाको काम सराहनिय रहेको छ, चापाकोट नगरपालिका वडा नम्बर १० का नागरिक डोलराज पंगेनीले भन्नुुभयो । हामी नगरपालिकाको कामबाट सन्तुुष्ट छौ । -बिकास टाईम्सबाट
समाचार
थप सामाग्री
साहित्यकार अर्याल र पल्लव सम्मानित
२ हप्ता अगाडि
वालिङ: साहित्यकारहरु अनन्त अर्याल र अग्निकुमार पल्लवलाई सम्मान तथा पुरस्कृत गरिएको छ । भेषजराज साहित्य प्रतिष्ठानले स्याङ्जाको वालिङमा गरेको कार्यक्रममा…


