सरकारले कांग्रेसले जितेका स्थानीय तहमा विभेद गर्यो : मेयर गिरी

चापाकोट – सरकारले कांग्रेसले जितेका स्थानीय तहमा विभेद गरेको चापाकोट नगरपालिकाका प्रमुख शिव गिरीले बताउनुुभएको छ । “केन्द्र तथा प्रदेश सरकारमा नेकपाको नेतृतव छ, उहाँहरु कांग्रेसलाई निषेध नै गर्ने गरी लाग्नुुभएको छ”। मेयर गिरीले भन्नुुभयो ।
नेकपाका नेता तथा कार्यक्रता तल्लो तह देखि नै कांग्रेसले जीतेको स्थानमा असहयोगको नीतिमा लागेको उहाँको भनाई छ । चापाकोट नगरपालिकालाई देशको नै उत्कृष्ट स्थानीय तह बनाउने आफ्नो संकल्पमा पनि नेकपा नै बाधक बनेको उहाँको भनाई छ । “म चापाकोटलाई कृषि र पर्यटनमा उत्कृष्ट गन्तव्यको रुपमा विकास गर्न लागिपरेको छुु, उहाँले भन्नुुभयो, तर सरकारले आफ्ना योजनामा पनि खासै चासो नदेखाएको मेयर गिरीको गुुनासो छ ।
चापाकोटलाई आफूू निर्वाचित भएर आए यता निकै सुुधार गरेकाले नेकपा यस्ता विकासका कामबाट आत्तिएको मेयर गिरीको भनाई छ । चापाकोटमा यो वर्षसम्म सबै वडालाई बाटाको संजालबाट जोडिएको, मुख्य सडकलाई फराकिलो बनाएर ग्राभेल तथा पीच गर्ने काम पनि भइरहेको छ, उहाँले भन्नुुभयो । खाने पानिको क्षेत्रमा पनि चापाकोट नगरपालिकाले निकै सुधारका काम गरेको स्थानीयको भनाई छ । नगरपालिकाको काम सराहनिय रहेको छ, चापाकोट नगरपालिका वडा नम्बर १० का नागरिक डोलराज पंगेनीले भन्नुुभयो । हामी नगरपालिकाको कामबाट सन्तुुष्ट छौ । -बिकास टाईम्सबाट
समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
४ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


