समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न विद्यालयमा चेतनामूलक कार्यक्रम सम्पन्न ।

बीना गैह्रे/ वालिङ :
विद्यालयस्तरका विद्यार्थीहरुलाई शैक्षिक वातावरण, सार्वजनिक स्थानमा हुनसक्ने अभद्र व्यवहार र हैरानी विरुद्ध नेपाल प्रहरीको सुरक्षा जानकारी सम्बन्धी चेतनामूलक कार्यक्रम स्याङ्जाका विभिन्न ठाउँमा सम्पन्न भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

व्यक्तिको आत्म सम्मानमा ठेस पुर्याउनुका साथै मनोवैज्ञानिक नकरात्मक असर पारी गम्भिर दुर्घटना समेत आउन सक्ने भएकाले अभद्र व्यवहार र हैरानीका विषयमा विद्यार्थीलाई जानकारी गराईएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरिक्षक नविन कृष्ण भण्डारीले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय, विभिन्न प्रहरी चौकीको मातहतमा पर्ने क्षेत्रका विद्यालयमा कार्यक्रम सञ्चालन गरिएको हो । विशेष गरी कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी सहायक निरिक्षक प्रविण भट्टराईको नेतृत्वमा पुतलीबजार १ को त्रिभुवन आदर्श माध्यामिक विद्यालय, पुतलीबजार ३ को काजिमान हरिटिका मा. वि, पुतलीबजार १४ को हिमालयन माविमा कार्यक्रम सञ्चालन गरिएको छ । यस्तै प्रहरी चौकी रापाकोटबाट प्रहरी सहायक निरिक्षक लालकाजी श्रेष्ठको नेतृत्वमा अर्जुनचौपारीको घण्टे माविमा, प्रहरी चौकी केवँरेका प्रहरी सहायक निरीक्षक फणिनारायण चौधरीको नेतृत्वमा बालसिद्ध मावि केवँरेमा कार्यक्रम सञ्चालन गरिएको छ । यस्तै गल्याङ प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक धन बहादुर राउतको नेतृत्वमा भानुभक्त मावि र थुमपोखरा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक उपेन्द्र अर्यालको नेतृत्वमा वालिङ १४ को कालिगण्डकी माविमा कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रममा विभिन्न विद्यालयका गरी ३ सय ३० जना विद्यार्थीको सहभागिता रहेको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री-
मातृभूमि सेवा समाज नेपालको अध्यक्षमा पराजुली
-
स्याङ्जा-२ मा रास्वपाबाट उम्मेदवार बने झबिलाल
-
कांग्रेस सभापति थापा र पूर्ब सांसद श्रेष्ठद्वारा चुनाव नलड्ने घोषणा ।
-
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
-
प्रथम ॐ कार कपको उपाधि एनएएफसी पोखरालाई
स्याङ्जामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो ।
३ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जामा आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना म्याद दुई दिन थप गरिएको छ ।…


