विश्वकप क्रिकेट : भारत आज दक्षिण अफ्रिकासँग खेल्दै

उपाधिको प्रमुख दावेदारको रुपमा इंग्ल्याण्ड पुगेको विराट कोहलीको कप्तानीमा रहेको भारतीय टोलीले आईसीसी एकदिवशीय विश्वकपको आफ्नो पहिलो खेल दक्षिण अफ्रिकाविरुद्ध बुधबार खेल्दैछ । भारतको यो पहिलो खेल भए पनि दक्षिण अफ्रिकाले यसअघि २ खेल खेलिसकेको छ । पहिलो खेलमा घरेलु टोली इंग्ल्याण्डसँग १०४ रनले पराजित भएको दक्षिण अफ्रिका दोस्रो खेलमा बंगलादेशसँग २१ रनले हारेको थियो ।
प्रतियोगिता सुरु भइसकेपछि दक्षिण अफ्रिकाका मुख्य बलर डेल स्टेन चोटका कारण बाहिरिएका छन् । लुंगी एनगिदी पनि १० दिनका लागि बाहिर रहेका छन् । साउथह्याम्प्टनमा हुने खेलका लागि भारतीय टोलीलाई यो खुसीको खवर हो । किनभने न्यूजिलयाण्डबिरुद्धको अभ्यास खेलमा भारतीय ब्याट्सम्यान फाष्ट बलरसामू निरिह बनेका थिए । लिङमा जसप्रित बुम्राह र भूवनेश्वर कुमारले फाष्ट बलिङ जिम्मेवारी लिन सक्नेछन् । तेस्रो फाष्ट बलरका रुपमा अलराउण्डर हार्दिक पण्ड्या पनि बिकल्प हुनेछन् । स्पिनमा कुलदीप यादव, युजवेन्द्र चहल र रविन्द्र जडेजा हुनेछन् ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…