भीरकोटमा होमस्टे सम्वन्धी तालिम ।

आँधीखोला खवर / भीरकोट
स्याङ्जाको भीरकोट नगरपालिका २ को केघा होमस्टेमा पर्यटन एवं आतिथ्यता सम्बन्धी ३ दिने तालिम शुरु भएको छ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धन र भीरकोट नगरपालिकाको आयोजनामा तालिम शुरु भएको हो । तालिमको उद्दघाटन गर्दै नगरप्रमुख छायाराम खनालले होमस्टेको कारण नगरपालिकामा पर्यटक भित्र्याउन सकिने बताउनु भयो उहाँले पर्यटकका लागि आवश्यक पर्ने सम्पुर्ण व्यवस्थापन पुरा गर्न आवश्यक रहने बताउनुभयो ।
प्रमुख खनालले हामस्टे मार्फत आफ्ना रितिरिवाज, परम्परा र संस्कृतिको संरक्षण गर्दै स्थानीय उत्पादनको प्रयोग गरी पाहुनाहरुलाई स्वागत गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा वडा नं. १ का अध्यक्ष एवं नगरप्रवक्ता दिपेन्द्र केसी, पर्यटनविद पदम केसी, नगरकार्यपालिका सदस्य विन्दु केसी लगायतले बोल्नुभएको थियो । ३५ घरपरिवारका महिला तथा पुरुषहरुको सहभागिता रहेको तालिममा प्रशिक्षक ताराबहादुर सारु र किरण थपलियाले प्रशिक्षण प्रदान गर्नुहुनेछ ।
वडा अध्यक्ष कमल त्रिपाठीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सदस्य कुलबहादुर गुरुङ र सञ्चालन योजना अधिकृत यामप्रसाद रेग्मीले गर्नुभएको थियो ।
उता ओखतीपानी तमु नासा होमस्टे भीरकोट ८ ओकादीमा सञ्चालित पर्यटन एवं आतिथ्यता सम्बन्धी ३ दिने तालिमको आईतबार समापन गरिएको छ । नेपाल पर्यटन बोर्डको प्रर्वद्धन र भीरकोट नगरपालिकाको आयोजनामा तालिमको आयोजना गरिएको थियो । तालिमको समापन गर्दै नगरप्रमुख छायाराम खनालले तालिमलाई पुर्ण कार्यान्वयमा ल्याई पर्यटन आगमनमा वृद्धि गर्न सहभागिहरुको समेत ठुलो भुमिका रहने बताउनुभयो ।
तालिममा त्यस क्षेत्रका ३५ जना महिला तथा पुरुषहरुको सहभागिता रहेको थियो भने सहजीकरण झमकप्रसाद ढकाल र कृष्ण भारतीले गर्नुभएको नगरप्रमुखका स्वकिय सचिव नन्दु खनालले बताउनुभयो ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…