भीरकोटमा बसपार्क सञ्चालन गरे सँगै सरोकारवालाहरु सँग छलफल गरियो ।

कला राना / वालिङ :
यातायात व्यवसायी, सवारी चालक तथा सहचालकसंगको छलफल भीरकोटमा सम्पन्न भएको छ । नगरपालिकाले बसपार्क सञ्चालनमा ल्याएसंगै व्यवसायी तथा चालकहरुबीचमा छलफल गरेको हो । नगरपालिकाले जिल्ला ट्राफिक कार्यालय स्याङ्जाको सहकार्यमा छलफल कार्यक्रमको आयोजना गरेको हो ।

छलफलका क्रममा बसपार्कमा पार्किङ गरे बापत तोकिएको दरभाउ बढी भएको व्यवशायीहरुले गुनासो गरेका छन् । कार्यक्रममा नगरप्रमुख छायाराम खनालले सवारी कर आ–आफ्नो वडामा तिनुपर्ने भन्दै नगरलाई दुर्घटनामुक्त बनाउन सहयोग गर्न आग्रह गर्नुभयो ।

यात्रा सरल, सहज र आरमदायी बनाउनका लागी ट्राफिक नियम लापना गर्नुपर्ने भन्दै बजार स्थलका सडकहरुमा ५ मिनेटभन्दा बढी रोक्न नपाईने भन्दै ट्राफिक नियमले बजारलाई सुन्दर राख्न समेत मद्दत गर्ने बताउनुभयो । साथै प्रमुख खनालले यही असार मसान्तभित्र दरभाउ रकम तिरेमा आधा मात्रै भुक्तानी गरेमा हुने समेत बताउनु भएको छ ।

कार्यक्रममा ट्राफिक प्रमुख रेशम रानाभाटले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुङ्गाना, भीरकोट उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जगदिश कोईराला लगायतले बोल्नुभएको थियो । प्रमुख खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपप्रमुख सिमा केसी कर्माचार्य र सञ्चालन योजना अधिकृत यामप्रसाद रेग्मीले गर्नुभएको थियो ।

तस्वीर -कमल रेग्मी /भीरकोट नगरपालिका
समाचार
थप सामाग्री
प्रदेशकै उत्कृष्ट बन्याे स्याङ्जाकाे कालीगण्डकी गाउँपालिका
४ दिन अगाडि
वालिङ १ फागुन कार्यसम्पादनको मुल्यांकनको आधारमा स्याङ्जाका तीन गाउँपालिका गण्डकी प्रदेशकै उत्कृष्ट भएका छन् । ११ स्थानीय तह रहेको जिल्लाको…