भीरकोटको बराह मन्दिर संरक्षण तथा प्रवर्धन कार्यक्रम सम्पन्न ।


आँधीखोला खवर/ भीरकोट :
भीरकोट नगरपालिका वडा नम्बर ३ मा रहेको मुल्का बराह मन्दिरको संरक्षण तथा प्रर्वद्धन कार्यक्रम २०७६ शनिबार सम्पन्न भएको छ । मन्दिरको पुजा व्यवस्थापन समितिले कार्यक्रमको आयोजना गरेको हो ।
नगरपालिकामा भएका धार्मीक तथा ऐतिहासिक क्षेत्रको पहिचान गरी संरक्षण तथा प्रर्वद्धन गर्ने उद्देश्यले कार्यक्रम गरिएको व्यवस्थापन समितिले जनाएको छ । कार्यक्रममा बोल्दै भीरकोट नगर प्रमुख छायाँराम खनालले नगरभित्रका धार्मिक एवं पर्यटकीय क्षेत्रहरुको पहिचान गरी पर्यटन आकर्षित गर्न नगरपालिकाले विविध गतिविधी सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा वडा नम्वर ३ का अध्यक्ष बावुराम श्रेष्ठ, वडा नम्वर ५ का अध्यक्षहरु याम प्रसाद अधिकारी लक्ष्मण, नेकपाका जिल्ला सदस्य सन्तोष केसी, कागे्रसका जिल्ला सदस्य मेघबहादुर खड्का, नेकपा नगरकमिटि अध्यक्ष मिनप्रसाद कोईराला, कांग्रेसका नगरसभापति तोयनाथ अर्याल, समाजसेवी सुक्रराज काफ्ले, नेकपा वडा कमिटि अध्यक्ष भोजबहादुर खत्री, कागे्रसका वडा सचिव धनबहादुर रानालगायतले बोल्नुभएको थियो । १०८ बहुमुखी धारा रहेको उक्त मन्दिरमा पुजा गरेर मनोकामना पुरा हुने विश्वास रही आएको छ । मन्दिरका अध्यक्ष प्रकाश केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत देवि खत्री र सञ्चालन केशरजंग अधिकारीले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री
सेतो पुतलीबाट लाग्ने ‘सापु’ को जोखिम बढ्दै, आँखाको दृष्टि नै गुम्न सक्ने खतरा ।
४ दिन अगाडि
काठकाण्डौ: सेतो पुतली मुख्य कारक मानिने दृष्टिनाशक रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामीहरू केही समयता काठमाडौँका विभिन्न ठाउँमा देखिएको…