आज जेठ २२ गते इदको सार्वजनिक बिदा ।

काठमाडौं : सरकारले मुस्लिम धर्मावलम्बीको विशेष पर्व ‘इद उल फित्र’को अवसरमा बुधबार/आज बिदा दिएको छ।
मन्त्रिपरिषद् बैठकले यसअघि नै इद उल फित्रको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। मंगलबार साँझ विज्ञप्ति सार्वजनिक गर्दै गृह मन्त्रालयले बुधबारका लागि बिदा दिएको हो।
चन्द्रमाको अवलोकनपछि मात्र इद मनाउने दिन निश्चित हुने भएकाले बिहीबारका लागि तोकिएको बिदा अनिश्चित भएको थियो। मंगलबार गृह मन्त्रालयले विज्ञप्ति प्रकाशित गर्दै बुधबारको बिदा निश्चित भएको औपचारिक जानकारी गराएको हो।
Facebook Comments Box
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


