प्रहरीद्धारा गाँजाको बोट फडानी गरी नष्ट ।


आँधीखोला खवर/ वालिङ :
जिल्ला प्रहरी कार्यालय स्याङ्जाको सक्रियतामा स्याङ्जाका विभिन्न ठाउँबाट ठूलो संख्यामा गाँजाको बोट फडानी गरी नष्ट गरिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय प्रहरी र व्यक्तिहरुको सहकार्यमा अवैध रुपमा लगाईएका गाँजाका बोट फडानी गरी नष्ट गरिएको हो ।

अर्जुनचौपारी प्रहरी चौकीको सक्रियतामा अर्जुनचौपारी २ स्थित बारीमा लगाईएको ६ सय २५ बोट र सेतिदोभान प्रहरी चौकीको सक्रियतामा आँधीखोला गाउँपालिका ५ स्थित बारीमा लगाईएको ६ सय बोट गरी १ हजार २ सय २५ बोट गाँजाका बोट फडानी गरिएको प्रहरीले जनाएको छ । फडानी गरिएका उक्त गाँजाका बोट प्रहरी, स्थानीय जनप्रतिनिधि तथा भद्रभलाद्मीको रोहबरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरिक्षक नविन कृष्ण भण्डारीले जानकारी दिनुभयो ।

समाचार
थप सामाग्री
झोलुङ्गे पूललाई व्यवसायिकतामा जोडौं : नगरप्रमुख रेग्मी
१ हप्ता अगाडि
स्याङ्जा : पुतलीबजार नगरपालिका ८ स्थित सुन्दरखोलामा निर्माण गरिएको झोलुङ्गे पूलको शुभारम्भ गरिएको छ । पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले…