पौडेल आत्रेय गोत्रीबन्धुको समितिलाई पूर्णता ।
भवानी अधिकारी/ स्याङजा :
आधीखोला गाउपालिका ५ स्थित सेतीदोभानमा भएको पौडेल आत्रेय गोत्रीयबन्धु समाजको भेलाले चोलाराम पौडेलको संयोजकत्वमा रहेको तदर्थ समितिलाई पूर्णता दिएको छ । सदस्यहरुमा यामबहादुर क्षेत्री पौडेल, पूर्णचन्द्र उपाध्याय पौडेल, रामप्रसाद शर्मा पौ्रडेल, कलाधर पौडेल, नारायणदत्त पौडेल, शरदकुमार पौडेल, बिश्वबन्धु पौडेल र चोलानन्द पौडेल रहनुभएको छ । कार्यक्रमको उदघाटन ९१ बर्षिय गंगाधर पौडेलले गर्नुभएको थियो । कार्यक्रममा हरिहर पौडेल, भरतराज शर्मा, विश्वबन्धु पौडेल, भुवनबहादुर पौडेल, निरबिक्रम पौडेल, उमाकान्त पौडेल, हरिनारायण पौडेल, कृष्णप्रसाद पौडेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । अध्यक्ष चोलाराम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रा.डा. यामबहादुर क्षेत्री पौडेलले स्वागत एवं श्रीरामप्रसाद शर्मा पौडेलले संचालन गर्नुभएको थियो ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


