कांग्रेसको जागरणसभा गल्याङमा सम्पन्न ।
टिकाराम अधिकारी/ गल्याङ :
नेपाली कांग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले कांग्रेसले मात्रै देशमा सम्बृद्धि ल्याउन सक्ने दावी गर्नुभएको छ ।
उहाँले वर्तमान कम्युनिष्ट सरकारले संबृद्धिको कुरा गरे पनि व्यवहारमा संबृद्धि ल्याउन नसक्ने दावी गर्नुभयो ।
नेपाली काँग्रेस गल्याङ नगर समितिको आयोजनामा गल्याङबजारमा भएको राष्ट्रिय जागरण कार्यक्रममा श्रेष्ठले यस्तो कुरा बताउनुभएको हो ।
नेता श्रेष्ठले अहिलेको सरकार अधिनायकबाद तर्फ अघि बढेको आरोप लगाउदै भन्नु भयो बर्तमान् सरकार भ्रष्ट्राचारमा डुवेको छ । सरकारले अहिले ल्याएको बजेटमा स्याङ्जालाई प्राथमिकतामा पार्न नसकेको भन्दै आफूले प्रतिनिधित्व गर्दाको प्रगतीको विवरण समेत सुनाउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् जागरण अभियानका लागि स्याङ्जा जिल्ला प्रतिनिधि गोविन्द प्रसाद भट्टराईले अहिलेको अवस्थामा सरकारका काम कारवाहीले जनता दिक्क भैसकेको बताउनुभयो ।
उहाँले सरकारको क्रियाकलापका कारण सरकार आफै नाङ्गिदै गएको टिप्पणी गर्नुभयो ।
संविधानसभाका सदस्य एवम् काङ्ग्रेस नेता मोहन प्रसाद पाण्डेले स्याङ्जामा नेपाली काङ्ग्रेसको घात प्रतिघातका कारण चुनावमा पराजित हुन परेको भनाई राख्नुभयो । उहाँले जिल्लाका नेता कार्यकर्ता बढि त्यागी हुँदाहुँदा रुख नै त्याग्न पुगेको भन्दै व्यङ्ग समेत गर्नुभयो ।
कार्यक्रममा संभासद राजु थापा, नेपाली काङ्ग्रेसका नेताहरु कुमार राना, खगेन्द्रराज रेग्मी, शंकर प्रसाद पाण्डे प्रदेश सांसद भागवतप्रकाश मल्ल लगायत महासमिति सदस्यहरु, महाधिबेशन प्रतिनिधिहरु तथा स्थानीय नेताहरुको सहभागिता रहेको थियो ।
नेपाली कांग्रेस महासमिति सदस्य तथा नेपाली कांग्रेस गल्याङ नगरसमिति संयोजक श्यामप्रसाद बस्यालको सभापतित्वमा सम्पन्न भएको थियो । सभामा स्वागत कांग्रेस गल्याङ नगरपालिका वडा नम्बर तीनका सभापति जनककुमार श्रेष्ठ , महिला प्रतिनिधी हेमा न्यौपाने लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन नेपाल तरुण दलका जिल्ला सचिव चन्द्र रानाले गर्नुभएको थियो ।
यसैवीच, कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा दर्जनौ व्यक्तिहरु प्रबेश गरेका छन् ।
पार्टी प्रवेश गरेकाहरुलाई नेता गोपालमान श्रेष्ठले पार्टी सदस्यतापत्र हस्तान्तरण गर्नुभएको थियो भने अन्य नेताहरुले अविर, खादा, माला लगाइदिनुभएको थियो ।
पार्टी प्रबेश गर्नेहरुमा वडा नम्बर दुई, तीन, पाँच र ११ का नेकपाका स्थानीय नेता कार्यकर्ता रहेको कार्यक्रम सञ्चालक चन्द्र रानाले जानकारी दिनुभयो ।
वडा नम्बर दुई मा तत्कालिन एकीकृत नेपाल कम्युनिष्ट पार्टीबाट वडाध्यक्षमा चुनाव लड्नुभएका तिर्थ राना, सहित १ सय जनाले नेपाली काँग्रेसमा पार्टी प्रबेश गरेको कांग्रेसले जनाएको छ ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …