आमाको सम्झनामा दुई विद्यालयमा १ लाख २० हजारको अक्षयकोष स्थापना ।

कला राना/ वालिङ
आमाको सम्झनामा विद्यालयमा अक्षयकोषको स्थापना गरिएको छ । स्याङ्जाको भीरकोट नगरपालिका ८ चिलाउनेखर्कका स्वा.मनकुमारी मगरको सम्झनामा अक्षयकोषको स्थापना गरिएको हो । स्व. थापाका छोराहरु इन्द्रबहादुर थापा, चन्द्रबहादुर थापा र कमल थापाले भीरकोट ८ को सरस्वती आधारभुत विद्यालय र भीरकोट ९ को सिरकोट माविमा गरी १ लाख २० हजारको अक्षयकोषको स्थापना गरिएको छोरा कमल थापाले बताउनुभयो ।
सरस्वती आधारभुतमा ६० हजार र सिरकोट माविमा ६० हजार गरी १ लाख २० हजारको अक्षयकोषको स्थापना गरिएको हो । विद्यालयमा अध्ययरनत गरिव, दलित, असाहय, अपाङ्ग तथा जेहेन्दार विद्यार्थीहरुलाई वार्षिक रुपमा पुरस्कार प्रदान गर्ने थापाले बताउनुभयो । थापा परिवारले गरिव तथा असाहय विद्य्रार्थीहरुको अध्ययनमा हौसला प्रदान गर्ने उद्देश्यले अक्षयकोषको स्थापना गरिएको स्व. मनकुमारीका श्रीमान खड्कबहादुर थापाले बताउनुभयो ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…