आमाको सम्झनामा दुई विद्यालयमा १ लाख २० हजारको अक्षयकोष स्थापना ।
कला राना/ वालिङ
आमाको सम्झनामा विद्यालयमा अक्षयकोषको स्थापना गरिएको छ । स्याङ्जाको भीरकोट नगरपालिका ८ चिलाउनेखर्कका स्वा.मनकुमारी मगरको सम्झनामा अक्षयकोषको स्थापना गरिएको हो । स्व. थापाका छोराहरु इन्द्रबहादुर थापा, चन्द्रबहादुर थापा र कमल थापाले भीरकोट ८ को सरस्वती आधारभुत विद्यालय र भीरकोट ९ को सिरकोट माविमा गरी १ लाख २० हजारको अक्षयकोषको स्थापना गरिएको छोरा कमल थापाले बताउनुभयो ।
सरस्वती आधारभुतमा ६० हजार र सिरकोट माविमा ६० हजार गरी १ लाख २० हजारको अक्षयकोषको स्थापना गरिएको हो । विद्यालयमा अध्ययरनत गरिव, दलित, असाहय, अपाङ्ग तथा जेहेन्दार विद्यार्थीहरुलाई वार्षिक रुपमा पुरस्कार प्रदान गर्ने थापाले बताउनुभयो । थापा परिवारले गरिव तथा असाहय विद्य्रार्थीहरुको अध्ययनमा हौसला प्रदान गर्ने उद्देश्यले अक्षयकोषको स्थापना गरिएको स्व. मनकुमारीका श्रीमान खड्कबहादुर थापाले बताउनुभयो ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
१ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


