आज पनि हावाहुरीसहित पानी पर्ने

काठमाडौं : देशैभरिको मौसम आंशिकदेखि सामान्य बदली रही आज पनि केहि ठाउँमा हावाहुरी, मेघ गर्जनसहित पानी पर्ने भएको छ। जल तथा मौसिम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाकी मौसमविद मन्जु बासिका अनुसार आज देशैभरको मौसम बदली भई दिउँसो र बेलुकीपख पानी पर्नेछ। अहिलेको मौसम भने सामान्य बदली भई मध्य भेगका एक दुइ ठाउँमा पानी परेको छ। अन्य भेगको मौसम समान्यदेखि आंसिक बदली रहेको बदली रहेको मौसमविद बासीले बताइन्। आज बिहान काठमाडौं उपत्यकाको न्युनतम तापक्रम १८ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो बढेर २९ देखि ३१ डिग्री सेल्सियस सम्म पुग्न सक्ने अनुमान गरिएको छ। आइतबार राति काठमाडौं उपत्यकमा ११ दशमलब ६ मिलिमिटर पानी परेको छ।
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…