स्याङ्जा प्रहरीद्धारा ५३० लिटर घरेलु मदिरा नष्ट
आँधीखोला खवर/स्याङ्जा:
स्याङ्जाको प्रहरीले विभिन्न स्थानबाट ५३० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । स्याङ्जा प्रहरीले सञ्चालन गरेको समुदाय प्रहरी साझेदारी अवैध मदिरा नियन्त्रण अभियान कार्यक्रम अन्र्तगत विभिन्न स्थानबाट ५३० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको हो ।
स्याङ्जाको अर्जुन चौपारी गा.पा वडा ३ सल्यानमा प्रहरी चौकी रापाकोटबाट खटिएको प्रहरी टोलीले विभिन्न घरबाट ५०० लिटर मदिरा उत्पादन गर्ने कच्चा पदार्थ र पुतलीबाजर नगरपालिका वडा नं ३ बाट ३० लिटर अवैध घरेलु मदिरा बरामद गरेको छ ।
प्रहरीले ईन्जिनियर, पूर्व प्रहरी, पत्रकार तथा स्थानीय जनप्रतिनिधि, युवा क्लव, आमा समुह स्थानीय भद्रभलादमीहरुको रोहवरमा बरामद गरेको मदिरा नष्ट गरेको छ ।
घरेलु मदिराको अवैध कारोबारलाई रोकथाम गर्ने समुदाय प्रहरी साझेदारी अवैध मदिरा नियन्त्रण अभियान कार्यक्रम सञ्चालन गरिएको प्रहरी उपरीक्षक नविन कृष्ण भण्डारीले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


