सम्भोग गर्दागर्दै कण्डम निकालेपछि १२ वर्ष जेल
बेलायतमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । यौनकर्मीसँग सम्भोग गर्ने क्रममा आफ्नो यौनांगबाट कण्डम निकालेपछि एक युवकविरुद्ध बलात्कारको अभियोग लाग्यो र उनलाई १२ वर्षको जेल सजाय भएको छ ।
सम्भोग गर्दा लगाएको कण्डम सम्भोग गर्दागर्दै निकालेपछि ती युवकमाथि असुरक्षित यौन सम्पर्कको प्रयास गरेको अभियोगमा यौनकर्मी महिलाले मुद्दा हालेकी थिइन् ।
ती युवकको नाम ली हगबेन हो । पीडित यौनकर्मी महिलाको नाम भने खुलाइएको छैन । तर उनको उमेर २० वर्षको रहेको बताइएको छ । आफूमाथि कण्डम विनै जबरजस्ती यौन सम्पर्क गरेको भन्दै उनले पुलिसमा उजुरी गरेपछि प्रहरीले ली हगबेनलाई पक्राउ गर्यो ।
अन्ततः उनलाई अदालतले १२ वर्षको जेल सजाय सुनायो । ती युवकले पीडित युवतीका अभिभावकहरुलाई मात्र होइन न्यायाधीशलाई पनि ज्यान मार्ने धम्की दिएका थिए ।
एजेन्सी
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


