सन्दीप लामिछानेलाई ७० हजार डलर
काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने वेष्ट इण्डिजको क्यारेबियन प्रिमियर लिग सीपीएल टी–२० क्रिकेटमा महंगोमा अनुबन्धित भएका छन् ।
गत सिजन झण्डै ६ लाख रुपैयाँ पाएका सन्दीपले यसपटक झण्डै ८० लाख रुपैयाँमा अनुबन्धित भएका हुन् ।
बेलायतको लण्डनमा भएको ड्राफ्टमा सन्दीपलाई बार्बाडस ट्राइडेन्टसले ७० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो ।
उनलाई पाँचौ चरणमा छनोट गरिएको हो । गत सिजनको सीपीएल सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्सबाट खेलेका सन्दीपले ५ खेलबाट १०६ रन खर्चेर ७ विकेट लिएका थिए ।
बार्बाडसको प्रशिक्षकमा भारतीय प्रशिक्षक रोविन सिंह रहेका छन् ।
बिक्री भएनन् बाँकी तीन खेलाडी
सन्दीप नयाँ सिजनको लागि अनुबन्धित भएपनि ड्राफ्टमा समावेश भएका बाँकी नेपाली तीन खेलाडी भने बिक्री भएनन् ।
नेपालबाट तीब्र गतिका बलर सोमपाल कामी, अलराउण्डर दिपेन्द्र सिंह ऐरी र ब्याट्सम्यान रोहितकुमार पौडेल ड्राफ्टमा परेका थिए । १७ राउण्डसम्मको ड्राफ्टमा उनीहरु टिमको नजरमा नपरेका हुन् ।
यसपटक ५३६ खेलाडीहरु ड्राफ्टमा थिए । ६ टोलीले प्रतिस्पर्धा गर्ने सीपीएल जुलाई ११ देखि अगष्ट १६ ताखिखसम्म हुनेछ ।
समाचार
थप सामाग्री-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
१ महिना अगाडि
स्याङ्जा : युगीन विचार, अभिव्यक्ति तथा लेखकीय स्वतन्त्रताप्रति प्रतिबद्ध सिर्जनशील नेपाली स्रष्टाहरुको गौरवशाली साझा संस्थाको रूपमा स्थापित नेपाली लेखक संघ…


