विरुवामा ब्यावसायिक बाख्रा तथा बगुंरपालन सम्बन्धी तालिम सम्पन्न ।

भवानी अधिकारी/ स्याङ्जा :
घरेलु तथा साना उद्योग विकास समितिको सहयोगमा सूर्योदय क्लवले गरिवी निवारणका लागि विरुवा गाउपालिकामा लघुउद्यम विकास कार्यक्रम गरेको छ । वडा नं. ३ स्थित खालीमा ब्यावसायिक बाख्रा तथा बगुंरपालन सम्बन्धी ७ दिने तालिम गरिएको हो । तालिममा बोल्दै वडा सदस्य ख्यामबहादुर थापाले ब्यावसायिक कृषिउद्यमबाट आयआर्जनगरी जीवनस्तर उकास्न सकिने भएकाले कृषि उद्यम गर्ने सबैलाई आग्रह गर्नुभयो । मायादेवी थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहजकर्ता सुशिला तामाङ्ले संचालन गर्नुभएको थियो । तालिममा पशु चिकित्सक टिकाराम मरासीनीले प्रशिक्षण दिनुहुनेछ ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP