लोकसेवा आयोगले माग्यो स्थानीयतहका लागि ९ हजार कर्मचारी (विज्ञापनको विवरण सहित)
काठमाण्डौ – लोकसेवा आयोगले बुधबार झण्डै ९ हजार कर्मचारीका लागि विज्ञापन गरेको छ । स्थानीय तहमा कर्मचारी अपुग भइरहेका बेला आयोगले झण्डै ९ हजार कर्मचारीको पदपूर्तिका लागि खुला विज्ञापन गरेको हो ।
आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले खुलातर्फ ९ हजार र बढुवातर्फ ६ हजार कर्मचारीको पदपूर्तिका लागि विज्ञापन गरिएको बताउनुभयो ।
लोकसेवाले असार तीन गतेसम्मको म्याद दिएर दरखास्त माग गरेको छ । प्रतियोगितात्मक परीक्षाबाट छनौट भएका उम्मेदवारहरुको रोजाई प्राथमिकता क्रम अनुसार स्थानीय तह तोकी सिफारिस गरिनेछ ।
यसरी सिफारिस भएका उम्मेदवारलाई सम्बन्धित स्थानीय तहले नै स्थायी नियुक्ति दिनेछन् । सेवाका शर्त र तलब तथा अन्य सुविधा सम्बन्धित स्थानीय तहको कानून बमोजिम हुने विज्ञापनमा जनाइएको छ ।
figure>सरकारले स्थानीय तहको पदपूर्ति गरेपछि क्रमशः सङ्घ र प्रदेशमा कर्मचारी भर्ना गर्ने तयारी गरेको छ । कर्मचारी समायोजन भए पनि अझै १६ हजार २६२ कर्मचारी स्थानीय तहमा अपुग छन् ।
आयोगले ९ हजार कर्मचारीको पदपूर्ति गरे पनि अझै सात हजार कर्मचारी स्थानीय तहमा अपुग हुने देखिएका छन् । यसैगरी सङ्घमा दरबन्दी ४८ हजार ४०९ मध्ये ३९ हजार ९६० र प्रदेशमा २२ हजार २९७ मध्ये १३ हजार ८२१ कर्मचारी समायोजन गरेको हो । अझै सङ्घमा आठ हजार ४४९ र प्रदेशमा आठ हजार ४७६ कर्मचारी अपुग छन् ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


