मेरो बर्ष, म स्वस्थ्य, मेरो देश स्वास्थ्य अभियान स्याङ्जामा ।
भवानी अधिकारी/स्याङजा :
मेरो बर्ष, म स्वस्थ्य, मेरो देश स्वास्थ्य अभियान अन्तर्गत स्वास्थ्य कार्यालय स्याङ्जाले आज नसर्ने रोगका बारेमा जानकारी गराएको छ । स्वास्थ्य प्रमुख यामप्रसाद शर्माले बर्तमान अवस्था सर्ने भन्दा नसर्ने रोगबाट मानिसको मृत्यु बढी हुने बताउनुभयो । उहाँका अनुसार ६० प्रतिशत मानिसहरु नसर्ने रोगका कारण मृत्यु हुने गरेको छ । भड्किलो खाना र रहनसहनलाई परिवर्तन गर्दै सामान्य जीवन शैली अपनाउन सके नसर्ने रोग नियन्त्रण गर्न सकिने उहाँको भनाई छ । नसर्ने रोगमा क्यान्सर, मुटु रोग, दम लगायतका बिभिन्न रोगहरु पर्दछन । साथै, सो कार्यक्रमका सहभागीलाई प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले बिभिन्न ८ बुँदे स्वस्थ्य जीवनशैली अपनाउने प्रतिवद्धता गराउनुभएको थियो । कार्यक्रममा जिल्ला स्थित सबै सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख, पत्रकार लगायतको सहभागीता थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


