मिडिया काउन्सिल विधेयकको विरुद्धमा पत्रकार महासंघले गर्यो दोस्रो चरणको आन्दोलनको घोषणा
काठमाडौँ – नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । सरकारले संसदमा प्रस्तुत गरेको ‘मिडिया काउन्सिल सम्बन्धी विधेयक’का प्रावधानले प्रेस स्वतन्त्रतामाथि हनन् गर्ने निष्कर्ष सहित महासंघ आन्दोलनमा होमिएको हो ।
आइतवार बसेको महासंघको केन्द्रीय समितिको बैठकले पहिलो चरणको आन्दोलनलाई सरकारले ध्यान नदिएको आरोप लगाउँदै दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । जेठ ६ गतेदेखि शुरू हुने दोस्रो चरणको आन्दोलनमा महासंघका पूर्वअध्यक्षहरूसँग छलफल गर्ने देखि लिएर ‘विवादित’ विधेयक संसदमा पेश हुन नदिन आकस्मिक आन्दोलनका कार्यक्रम घोषणा गर्ने सम्मका कार्यक्रम छन् ।
महासंघका अनुसार जेठ ६ र ७ गते महासंघका पूर्वअध्यक्षहरुसँग छलफल र परामर्श गर्ने, जेठ ८ गते संसद् प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीहरुको ध्यानाकर्षण गराउने र जेठ ९ देखि १२ गतेसम्म सञ्चारमाध्यमका सम्पादकहरुसँग भेट गरी सञ्चार अभियान सञ्चालन गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै जेठ १३ र १४ गते सांसदहरुसँग भेट गरी छलफल गर्ने, जेठ १६ र १७ गते प्रेस स्वतन्त्रता सेनानीको ऐक्यवद्धता कार्यक्रम गर्ने र जेठ १८ देखि २० गतेसम्म महासंघको प्रतिष्ठान शाखा र एसोसिएटहरुको आयोजनामा उक्त विधेयकका कारण समाचार कक्षमा पर्ने प्रभावबारे छलफल कार्यक्रम चलाउने कार्यक्रम छ ।
जेठ २१ र २२ गते महासंघका जिल्ला शाखाहरुले राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अधिकारकर्मीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ भने जेठ २३ र २४ गते केन्द्रमा राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अधिकारकर्मीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । जेठ २५ गते अपरान्ह तीन बजे बानेश्वरदेखि बबरमहलसम्म मानव हातेसाङ्लो बनाई बृहत प्रदर्शन गरिनेछ ।
काठमाडौं उपत्यका बाहिर प्रदेश राजधानी रहेको स्थानमा सोही खालको प्रदर्शन गर्ने र त्यसको संयोजन प्रदेश समितिले गर्ने पनि महासंघले निर्णय गरेको छ । यसका अलावा मिडिया काउन्सिल विधेयक संसद्मा पेश हुने दिन देशव्यापी रुपमा आकस्मिक विरोध प्रदर्शन गर्ने कार्यक्रम राखिएको महासंघले जनाएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


