महामानव गौतम बुद्ध र बुद्ध जयन्ती

ज्यो. चक्रपाणी डुम्रे( शास्त्री)
नेपालमा प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन राष्ट्रियस्तरमा बुद्धजयन्ती मनाइन्छ। यस वर्ष जेष्ठ ४ गते बुद्धजयन्ती परेको छ । नेपाल सरकारले पनि यसै अवसर पारेर लुम्बिनी भ्रमण वर्षको शुभारम्भ गर्दैछ ।
बिक्रम सम्बत शुरू हुन भन्दा ५०५ बर्ष पहिले अर्थात् आज भन्दा करिब २६ सय बर्ष पहिले ईशापूर्व ५४३ मा अहिलेको नेपालको कपिलवस्तु जिल्लामा बैशाख शुक्ल पुर्णिमाको दिन पिता राजा शुद्वोधन र माता मायादेवीको कोखबाट उनको जन्म भएको थियो। भगवान गौतम बुद्ध जन्मेको ,ज्ञान प्राप्त गरेको , महाभिनिष्कमण गरेको र महापरी निर्माण गरेको दिन पनि बैशाख पूर्निमा नै परेकोले उक्त दिन बुद्ध जयन्तीका रूपमा मनाउने गरिएको हो।यो पर्व नेपालमा मात्र नभई विश्वभरिका बौद्ध धर्मावलम्बीहरूको लागि नै महान पर्वका रूपमा स्थापित भएको छ। यो दिन बुद्ध प्रति सद्भाव राख्ने अन्य धर्मावलम्बीले पनि उनी प्रती श्रद्धा व्यक्त गर्दछ्न्।
हिन्दु धर्ममा विष्णुका चौबीस अवतार र जैन धर्ममा चौबीस तीर्थङ्कर छन् ।त्यस्तै बौद्ध धर्ममा चौबीस बुद्ध छन् ।यी २४ बुद्धमध्य गौतम बुद्धको जीवनचरीत्रका विषयमा मात्र ऐतिहासिक प्रमाण पाइन्छ । बुद्धको वास्तविक नाम सिद्धार्थ गौतम हो । मायादेवीको कोखबाट निकै निकै ढिलो एक सन्तानको जन्म भयो आमाबुबाको ईच्छा सिद्ध भएकाले उनको नाम सिद्धार्थ राखियो । यिनी गौतम गोत्रका हुनाले उनलाई गौतम पनि भन्न लागियो र कालान्तरमा यस सन्साररूपी अज्ञानको निद्राबाट यिनी बिउँझे यसका उनको नाम बुद्ध प्रयोग गरियो । उनि
जन्मना साथ उत्तर तर्फ ७ कदम हिँडेर औलालाई हावा तर्फ देखाएका भन्ने किंमदन्तीहरु सुनिन्छ, यसका
अनुसार उनी महाआत्मा रहेका र भगवानको धर्तीमा भएको अन्तीम अवतार रहेको जानकारी र जनाउ भएको
मानिन्छ । जन्मना साथ पोखरीमा स्नान गराईएका यिनी सिद्धार्थ गौतम ले नुहाएका यो पोखरीलाई
सिद्धार्थ कुण्ड भनिन्छ, यसरी अलौकीक जन्म भएका राजकुमार सिद्धार्थ गौतम कि आमा मायादेवीको भने
उनि जन्मेको ७ दिनमै दु:खद मृत्यु भएको थियो । यद्धपी अत्यन्त अनुशासीत र मर्यादित राजकुमार
सिद्धार्थ गौतमले १६ वर्षको उमेरमा यशोधरा नाम गरेकी राजकन्या सँग विवाह गरेका थिए । तिनबाट एक पुत्र जन्मियो जसको नाम राहुल राखियो । सम्पूर्ण जिवजगत र प्राणीलाई अगाध स्नेह जनाउने बानी भएका यिनी सिद्धार्थ गौतम २९ वर्षको उमेरमा सम्पूर्ण सुखशयल छाडेर ज्ञानको खोजीमा निस्केका हुन् । यिनी सानै छदा यिनको बारेमा एकजना यिनको पिता शुद्धोधन सङ्ग भनेका थिए : यो कुमार पछि गएर एक ठूलो सन्यासी हुनेछ । त्येतिबेला राजालाई यो भबिस्यबाणीले निकै नराम्रो असर परेको छ। यि राजकुमारलाई मानव जिवनमा आईपर्ने पिडा र दुख्ख निवारण गर्ने ज्ञानको खोजी थियो र वर्षौ पछीको यिनको तपस्याले निकालेको दर्शन र ज्ञाननै
वुद्धत्व हो । ज्ञान प्राप्तीको पथमा विरामी मान्छेहरु, घाईतेहरु, लोभी का साथसाथै आफ्ना सबैकुरा
अरुलाई दान गरेर भिक्षु भएका मान्छेको अवस्था पनि सिद्धार्थ गौतमले नियाले, त्यसपश्चात आफू पनि
भिक्षु हुने निर्णय गरेका सिद्धार्थ गौतम नै आज संसारका महान गौतम बुद्ध हुन् । यसरी सांसारिक
दु:खको कारण खोज्दै उनी २९ वर्षको उमेरमा गृहत्याग
गरी बोधगया भन्ने ठाउँमा एक बृक्ष मुनि अधिष्ठानपूर्वक तपश्यामा लिन भए । तपश्याका
क्रममा वुद्धलाई सम्यक सम्वोधि अर्थात महाज्ञान प्राप्त भयो । त्यसपछिका वर्षहरुमा उनले त्यहि
महाज्ञानलाई बाँडे र संसारभर भगवान् वुद्ध भनि कहलिए । वुद्ध धर्म एक अनिश्वरवादी धर्म मात्र नभईकन
एउटा अहिंसा, अधर्म अनि असत्य वाट मानवलाई जोगाउने एउटा दर्शन् हो, सर्वब्यापी दर्शन। यो धर्म
शाक्यमुनि गौतम वुद्ध र उनका अनुयायीहरुका शिक्षामा आधारित रहेर तयार भएको हो । गौतम
वुद्धलाई वर्तमान कल्पको चौथौं सम्यक सम्बुद्ध मानिन्छ । विश्वमा ३५ करोड बढि मानिसले वुद्ध धर्म
मान्दछन् र यो विश्वको चौथौं ठूलो धर्म हो । अहिले वुद्ध धर्म र उपदेश मान्ने अनुयायीहरु नेपाल सहित चीन,
भारत, श्रीलंका, बर्मा, थाईल्याण्ड, लाओस, क्याम्बोडिया, भियतनाम, भुटान, जापान, मंगोलिया,
कोरिया लगायतका देशमा फैलिएका छन् । संसारभरि फैलिएको यस बुद्ध दर्शनको उदगम विन्दु
नेपालमा भएकाले नपाललाई शान्तीको देश पनि भनिन्छ।
सब भन्दा पहिले गौतम बुद्धले बुद्धत्व प्राप्त गरिसके पछि आफ्ना सम्पूर्ण अनुयायीहरूलाई भने मनिसले कुनै पनि बस्तु प्रति मोह गर्नु नै दु:खको कारण हो । सुख प्रमुख कारण हो दया भन्दै समाजमा मनिसलाई जुनसुकै प्राणी प्रती दया देखाउन आग्रह गरे । जसमा दया र मायाको भावना छैन त्यो धर्मात्मा होइन भन्ने उपदेश आफ्ना शिष्यहरूलाई दिन थाले । यसै आधारमा शान्तिका अग्रदुत बुद्धले मानव हित र बिश्वशान्तिका लागि पाँच प्रमुख उपदेश दिएका थिए । जुन हुन::हिंसा नगर्नु, असत्य नबोल्नु, कसैको धन सम्पत्ति चोरी नगर्नु, ब्रम्हचर्य व्रतको पालना गर्नु र अनावश्यक भन्दा बढी धनको संग्रह नगर्नु आदि प्रमुख थिए ।
यिनै शान्तिको सन्देश बिश्वभरि फैलाउने बुद्धप्रति आधार संमान दर्शाउन प्रत्यक वर्ष बैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाउने गरिन्छ । शान्तिका प्रतीक भगवान बुद्धको जन्मजयन्ती विश्वका सबै बौद्ध धर्मावलम्बीहरूले विविध उत्सव र उमंगका साथ मनाउने गर्नेछन् । बुद्धलाई भगवान बिष्णुको अवतार रूपमा स्वकार गरि विभिन्न पुराणहरुमा बर्णन गरिएको हुँदा पनि सनातन धर्मावलम्बीहरू समेत यश दिन श्रद्धा पुर्वक रूपमा बुद्ध प्रती आस्था प्रकट गरिरहेका हुन्छन् ।उनी प्रती समर्पित रहेका हुन्छन् । त्यसैले पनि बुद्ध जयन्तीको विशेष महत्त्व रहेको छ।
अस्तु। लेखक नेपाल ज्योतिष परिषद् रूपन्देहीका अध्यक्ष हुन् )।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


