भीरकोटमा चार दिने माटो परिक्षण शिविर सम्पन्न
वर्षा पंगेनी/भिरकोट,
माटो तथा मल परिक्षण प्रयोगशाला पोखराको प्राविधिक सहयोगमा चार दिने माटो परिक्षण शिविर भीरकोटमा सम्पन्न भएको छ । भीरकोट नगरपालिकाको आयोजनामा माटो परिक्षण शिविर गरिएको हो । शिविरमा भीरकोट नगरपालिका ५, ६, ७, ८ र ९ गरी ५ वडाको माटो परिक्षण गरिएको हो । भिरकोट ५ स्थित पशुपती आधारभुत विद्यालयमा पहिलो चरणको माटो परिक्षण शिविर गरिएको थियो भने कृषि सेवा केन्द्र दहथुममा १ देखि ४ वडा सम्मलाई लक्षित गर्दै शिविरको आयोजना गरिएको भिरकोट नगरपालिकाले जनाएको छ ।
पहिलो चरणको माटो परिक्षण शिविरमा वोल्दै उपप्रमुख सिमा केसीकर्माचार्यले नगरपालिकाले कृषिलाई प्राथामिकतामा राखेको भन्दै आधुनिक कृषि प्रणालीमा लाग्नका लागी पनि माटो परिक्षण आवश्यक रहेको बताउनुभयो । साथै उहाँले कृषकले माटो परिक्षण गरी सोही अनुसारका कृषि तथा अन्नबाली लगाउन सक्ने भएकाले कृषकहरुको सहजतालाई मध्यनजर गर्दै शिविरको आयोजना गरिएको बताउनुभयो ।
माटो परिक्षणवाट कृषकहरुलाई प्रत्यक्ष फाईदा पुगेको ५ नम्वर वडाका अध्यक्ष यामप्रसाद अधिकारले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


