भिरकोटमा दोस्रो मेयर कप रनिङ शिल्ड भलिबल प्रतियोगिता र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
आँधीखोला खवर/भिरकोट
समृद्ध भीरकोटको आधार कृषि पर्यटन आँधीखोलाको उपहार भन्ने नाराका साथ भीरकोटमा दोस्रो मेयर कप रनिङ शिल्ड भलिबल प्रतियोगिता र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्दघाटन गर्दै भीरकोट नगरप्रमुख छायाराम खनालले २ नगरपालिकाले समन्वय गरी एक उत्कृष्ठ स्पोर्ट एकेडेमी बनाउनुपर्ने भन्दै खेल जगतको विकासका लागी नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो । यस्ता प्रतियोगिताहरुले राष्ट्रिय स्तरका खेलाडि उत्पादनका लागी समेत टेवा पुग्ने भन्दै बालबालिकाहरुलाई शिक्षासंगै खेल शिक्षा समेत दिन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा वालिङ नगरपालिका प्रमुख दिलिपप्रताप खांणले एक वाड एक खेलमैदान कार्यक्रमका साथ हरेक युवाहरुलाई खेलकुदको क्षेत्रमा जोड्दै व्यवसायिक रुपमा अगाडि बढिने बताउनुभयो । प्रदेश सरकारसंग समन्वय गर्दै छिट्टै खेलमैदानको निर्माण गरी खेल जगतलाई फराकिले बनाईने प्रमुख खांणको भनाई छ । कार्यक्रममा उपप्रमुख सिमा केसीकर्माचार्य, भीरकोट शिक्षा साखा प्रमुख हेमप्रसाद आचार्य, पुतलीबजार प्रतिनिधि तथा शिक्षा साखा प्रमुख दयाराम गौतम, नेकपाका प्रतिनिधि दुर्गादत्त भुसाल, काँगे्रसका नगरसचिव श्यामकाजी अधिकारी, प्रअहरुको तर्फबाट देवकी रेग्मी, भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष भक्तबहादुर केसीलगायतले बोल्नुभएको छ ।

खेलकुद विकास समिति संयोजक तथा वडा अध्यक्ष भिमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत नगरप्रवक्ता दिपेन्द्र केसी र सञ्चालन मिना खांणले गर्नुभएको थियो । मेयर कप तर्फ विजेताले ५० हजार, उपविजेताले ४० हजार, तृतियले ३० र सान्त्वनाले २० हजार नगद प्राप्त गर्नेछन् । प्रतियोगितामा नगरका ९ वटै वडाका टिमहरुको सहभागिता रहेको छ । आज भएको मैत्रिपुर्ण खेलमा वडा नं. २ विजयी भएको छ । २ ले वडा नं. ६ लाई २ सेटमा पराजित गरेको हो ।
त्यस्तै राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगितातर्फ आज १५ सय मिटर छात्रछात्रा दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा छात्रातर्फ दभुङठाँटी माविका अन्जना केसी प्रथम, दहथुम माविका हिरामाया माँझी द्धितिय, महेन्द्र ज्योतिका अप्सरा खत्रि तृतिय र भुपूसैनिक माविका स्विकृति खत्रि सान्त्वना भएकी छन् । त्यस्तै छात्रतर्फ दभुङठाँटी माविका सौरज आले प्रथम, शहिद शुक्रका दिपेन्द्र जिटी द्धितिय, भाग्योदय माविका मनोज श्रेष्ठ तृतिय र दहथुम माविका अनिल माँझी सान्त्वना भएका छन् । मावि स्तरीय राष्ट्रपति कपमा हाईजम्प, लङजम्प, त्रिपलजम्प, सय, चार सय, ८ सय मिटर छात्रछात्रा दौड, रिले दौड, १५ सय मिटर छात्रछात्रा दौड प्रतियोगिता हुनेछ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


