फेदीखोलामा स्कुल म्यानेजमेन्ट सफ्टवयरको उद्घाटन
आँधीखोला खवर/फेदीखोला
स्याङ्जाको फेदीखोला गाउँपालिकाले गुणस्तर अभिवृद्धि तथा अभिमुखीकरण कार्यक्रम प्रदान गरिएको छ । स्याङ्जाको फेदीखोला गाउँपालिकाले गुणस्तर अभिवृद्धि तथा अभिमुखीकरण कार्यक्रम अन्र्तगत गाउँपालिकामा रहेका २८ वटा विद्यालय र ५ वटा समुदायमा आधारित वाल विकाश शिक्षकलाई गुणस्तर अभिवृद्धि तथा अभिमुखीकरण कार्यक्रम प्रदान गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दे शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले अब परम्परागत तरिकाले शिक्षामा सुधार सम्भव नभएको बताउनु भएको छ । ‘कर्मकाण्डी तवरले प्राध्यापन गर्नुहुन्छ भने म आग्रह गर्छु सेवाबाट अवकाश लिनुहोस्’ शिक्षाविद् कोइराला भन्नुभयोे, ‘अबको युगमा प्रविधिमैत्री हुन सक्नुभएन भने तपाईका उत्पादनले गुणस्तरीय नतिजा कुनै पनि हालतमा प्राप्त गर्न सक्दैनन् ।’ वर्तमान पुस्ताका विद्यार्थीहरु सुचना प्रविधीमा अब्बल भएकाले शिक्षकहरुले पनि आफ्नो स्तरीयता बढाउँदै लैजानुपर्ने उहाँको दावी थियो ।
यसैबीच शिक्षाविद् कोइरालाले फेदीखोला गाउँपालिकाले निर्माण गरेको स्कुल म्यानेजमेन्ट सफ्टवयरको उद्घाटन गर्नुभएको छ । गाउँपालिकामा रहेका सबै विद्यालयको तथ्यांक, विद्यार्थी रेकर्ड, विद्यार्थी प्रगति विवरण, शिक्षक प्रगति विवरण, शिक्षक हाजिरी, लेखा, लाइब्रेरीको विवरण सफ्टवेरमा रहनेछ भने हरेक अभिभावकलाई मोवाइल एप्स प्रदान गरिने गाउँपालिका प्रमुख घनश्याम सुवेदीले बताउनुभयो ।


कार्यक्रमका सकरात्मक सोचका अभियन्ता प्रितम पौडेल हुन्न र सकिन्न भन्ने सोँचलाई बदलेर हुन्छ र सक्छु भन्ने धारणालाई अबलम्वन गर्नुपर्ने बताउनुभयो ।
पुर्बधार बिकासमा प्रत्येक माबिमा कम्प्युटर ल्याबको ब्यबस्थापन गर्न रु ३५ लाख रकम बिनियोजन गरि त्यो बराबरको कम्प्युटर र अप्टिकल फाइबरको ईन्टरनेट उपलब्ध गराएको छ । आर्थिक बर्ष २०७५र०७६ बाट डिप्लोमा इन कम्प्युटर बिषय अध्ययन गराउन गाउँपालिकाको केन्द्रमा रहेको बिद्यालय सिदार्थ मा.वि फेदीखोलामा सिटीईभिटीबाट सम्बन्धन लिएको अध्यक्षले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


