निर्धन उत्थान वैङ्कको कार्यशाला गोष्ठी गल्याङमा
टिकाराम अधिकारी/ गल्याङ :
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड गल्याङ शाखाको संयोजनमा केन्द्र प्रमुखहरुको बार्षिक कार्यशाला गोष्ठि गल्याङमा सम्पन्न भएको छ । गोष्ठीमा बोल्दै क्षेत्रीय कार्यालय पोखराका क्षेत्रीय प्रमुख नारायण प्रसाद न्यौपानेले विपन्न परिवारको आर्थिक अवस्थामा सुधार ल्याउन वैङकले प्रभावकारी काम गरिरहेको जानकारी दिनुभयो । उहाँले स्वर्गीय डा.हरिहर देव पन्तको अग्रसरतामा वि.सं.२०४७ मा निर्धन को स्थापना गरि वि.स.२०४९ साल चैत्र १ गते निर्धन संस्थाले नेपाल मै पहिलो पटक बिना धितो लघुवित्त कार्यक्रम शुरु गरेको स्मरण गराउनु भयो ।
निर्धन संस्थाको कार्यक्रम देशको ७७ जिल्लामा १८१ शाखा मार्फत ३,४४,१८० घरधुरीमा सेवा प्रदान गरिरहेको वैङ्ले जनाएको छ । २०७५ फाल्गुण मसान्त सम्म १ खरब ७ अर्ब ३९ करोड ९७ लाख ६३ हजार कर्जा वितरण भएकोमा लगानीमा रहेको कर्जा १७ अर्ब ९७ करोड ५३ लाख ५७ हजार र बचत तथा निक्षेप परिचालन ९ अर्ब ९१ करोड ४२ लाख ९७ हजार पुगेको वैङकले जनाएको छ ।
कार्यक्रममा गल्याङका शाखा प्रमुख ईन्द्रमणी गौतमले शाखाको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । गोष्ठीमा उपस्थित केन्द्र प्रमुखहरुलाई ४ समुहमा बिभाजन गरि केन्द्रहरुमा आउन सक्ने समस्या त्यसका समाधानका उपायहरुको बारेमा छलफल भएको थियो । सेनापुक केन्द्रकी प्रमुख खगिसरा अर्यालको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन कला न्यौपानेले स्वागत खेमीसरा सारुले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


