दहथुम बहुमुखी क्याम्पसको १० औ बार्षिक साधारण सभा
आँधीखोला खवर/ भिरकोट :
भिरकोट नगरपालिकामा अवस्थित दहथुम बहुमुखी क्याम्पसको १० औ बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । कार्याक्रममा नगरप्रमुख छायाराम खनालले बोल्दै भिरकोट नगरपालिकाको पहिलो क्याम्पस भएको बताउदै क्याम्पसको शैक्षिक तथा भौतिक विकासको लागी नगरपालिकाले सहयोग गर्ने बताउनुभयो साथै बिद्यार्थीको पढ्ने अधिकारको सु्निच्चित गर्ने नगरपालीकाको दायित्य रहेको बताउदै गुणस्तरीय र व्यवहारीक शिक्षा प्रदान गर्नेनगरपालिकाको दायित्व भित्रपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वडा अध्यक्षहरु लक्ष्मण अधिकारी , कमल त्रिपाठी ,श्यामकाजी अधिकारी , कर्णबहादुर श्रेष्ठ ,मिनप्रसाद कोईराला ,सन्तोष केसी ,गोविन्द कुमार कर्माचार्य ,लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । विद्यालयको प्रतिवेदन क्याम्पस संचालन समितीका अध्यक्ष पिताम्बर श्रेष्ठले र विद्यालयको शैक्षिक गतिविधी लगायत आर्थिक प्रतिवेदन क्यापस प्रमुख नेत्रनारायण रेग्मीले प्रस्तुत गर्नुभएको थियो ।
क्याम्पस संचालन समितीका अध्यक्ष पिताम्बर श्रेष्ठको सभापतित्वमा समितिका उपाध्यक्ष विश्वनाथ अर्यालको स्वागत , धन्यवाद क्षेत्र बहादुर थापा र शिक्षक डोलप्रसाद रेग्मीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


