दर्शक स्रोताको मन छुँदै “जिउछु तिमी संगै”

नारायण विश्वकर्मा / आँधीखोला खवर :
नेपाली संगीतको बजारमा नौलो र पृथक लोक भाका “जिउँछु तिमी संगै” ले दर्शक तथा स्रोताको अत्याधिक मन जित्न सफल भएको छ । जेसिका इन्टरटेन्मेन्सको प्रस्तुतीमा स्याङ्जाको गल्याङ नगरपालिका ६ चितुङमा जन्मेका तिलक विश्वकर्मा र गल्याङ नगरपालिका ६ पिडिखोलाका शिशिर सोनीको संयुक्त लगानीको गीत हो ।
गीतमा नेपाली लोक संगीतका एकदमै आस लाग्दा कलाकार सुमन विश्वकर्मा र नेपाली संगीतकी परिचित गायिका पुर्णकला विसीले स्वर दिएकी छन । सुमन विश्वकर्माको शव्द सिर्जना रहेको गीतमा तिलक विश्वकर्माले लय दिएका छन । सोनु कुमारले निर्देशन गरेको गीतमा विर्घाकी करिस्मा परियार र गंगाराम वुढाथोकीले अभिनय गरेका छन । परियार पर्वत स्टार २०७५ बाट चर्चामा आएकी कलाकार हुन । बुबा मन बहादुर बिस्वकर्मा र आमा सन्तुमाया बिस्वकर्माको कोखबाट जन्मेका सुमन र तिलक दाजुभाइ हुन । गायक सुमन विश्वकर्माले “जिउँछु तिमी संगै” माया प्रीतीमा आधारीत संयोगान्त गीत भएको बताए । उनले यो गीत सुन्ने र हेर्ने जो कोही प्रेम जोडि अर्थात दम्पतीको सम्वन्धलाई अझ नजिक बनाउने विश्वास व्यक्त गर्नुभयो ।

विश्वकर्माले भाई तिलक र आफुले यसअघि निस्टुरिले ब्यार्थै जाल बिछ्याएको रैछ, आफै हो जोगिनी गीत बजारमा ल्याइसकेको भन्दै मनका कुरा लगाएत दजैनौँ गीतहरुमा आफुले लय तथा सब्द भरेको बताए । “मायामा संसार चलेको छ ।” विश्वकर्माले भने,–“मायाले जीवन सुन्दर बनाउछ, जीवन सुख दुःखको संगम हो, मायाले सुःख दुःखमा हाँस्न र बाँच्न सिकाउछ ।” उनले मायाले नै वास्तविक जीवनको अर्थ स्पष्ट पार्ने भएकाले यस्तो गीत बनाएको बताए ।
समाचार
थप सामाग्री-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
४ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ…


