ठगी तथा चोरी कार्यमा संलग्न युवक पक्राउ ।
बीना गैह्रे/वालिङ :
ठगी तथा चोरी कार्यमा संलग्न रहेका युवक पक्राउ परेका छन् । स्याङ्जाको कालीगण्डकी गाउपालिका वडा नं. २ बस्ने २६ वर्षीय सन्तोष परियार पक्राउ परेका हुन् । उनलाई कालीगण्डकी गाउँपालिका वडा नं. ७ मिर्मिबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरिक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
उनले २०७५ चैत ७ गते विरुवा १ बस्ने ५५ वर्षीय तुल बहादुर खड्का सँग भलिबल खेलाडी छोरा महेश थापाको नाममा ४ लाख रुपैँया आएकाले ७० हजार रुपैँया डिपोजिट गर्न फोन मार्फत आग्रह गरी खड्कासँग ७० हजार रुपैँया लिएर फरार रहेका थिए ।

यस्तै २०७६ वैशाख १३ गते वालिङ ८ को राम मोटरसाइकल ग्यारेजबाट वालिङ ९ बस्ने विक्रम गैह्रेको ग ९ प ५२१० नं. को मोटरसाइकल समेत चोरी गरेका थिए । चोरी भएको मोटरसाईकल वैशाख १८ गते मिर्मिमा फेला परेको थियो भने चोरी गर्ने सन्तोष परियारलाई २० गते मिर्मीबाट नै पक्राउ गरिएको हो । जिल्ला अदालत स्याङ्जामा पेश भएका परियारलाई ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुर र डाँका तथा चोरी सम्बन्धी कसुरमा ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


