जुनियर तथा युवा रेडक्रसको जिल्ला स्तरीय गोष्ठी शुरु । (फोटो फिचर सहित)
आँधीखोला खवर/ चापाकोट :
जुनियर तथा युवा रेडक्रस सर्कलको ३२ औं जिल्ला स्तरीय गोष्ठी शुरु भएको छ । राममन्दिर मावि चापाकोट ४ को आतिथ्यता तथा नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको आयोजनामा दुई दिने गोष्ठी शुरु भएको हो ।
गोष्ठीमा स्याङजाका ६९ विद्यालयका झण्डै २ सय जना प्रतिनिधीहरुको सहभागिता रहेको छ । गोष्ठीको उद्दघाटन गर्दै चापाकोट नगरपालिकाका प्रमुख शिव कुमार गिरीले रेडक्रस मार्फत नै मानवीय सेवामा महत्वपूर्ण सहयोग पुग्ने बताउनु भयो । उहाँले रेडक्रसको गोष्ठी चापाकोटमा आयोजना गरेको भन्दै जिल्ला शाखालाई धन्यवाद समेत दिनुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी स्याङ्जा शाखाको सभापती भुवन बहादुर पौडेल,मन्त्री दिनेश अर्याल, वडा अध्यक्ष विक्रम सारु, जुनियर तथा युवा रेडक्रस स्याङ्जाका संयोजक पशुपती पौडेल, । राममन्दिर माविका प्रधानाध्यापक अर्जुन खाँण, शिक्षक नायक बलराम गिरी लगायतले बोलेका थिए । गोष्ठी भोलि सकिनेछ ।
फोटो फिचर सहित







-
फोटो फिचर विश्वास पुरीको सहयोगमा तयार पारिएको
हो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


