गुरुङ समुदाय आफ्नो लिपि संरक्षण जुट्दै
आँधीखोला खवर/वालिङ
गुरुङ समुदायको खेमा लिपि संरक्षणका लागी २ दिने प्रशिक्षण प्रदान गरिएको छ । तमु समाज सेवा समिति वालिङले प्रशिक्षणको आयोजना गरेको हो । विशेषगरी युवापुस्तामा खेमा लिपिको संरक्षण गरी प्रर्वद्धन गर्ने उद्देश्यले खेमा लिपि सम्बन्धी प्रशिक्षण प्रदान गरिएको हो ।

प्रशिक्षणको समापन गर्दै तमु ह्युँल छोँज धी गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय सदस्य मेमबहादुर गुरुङले गुरुङ समुदायको भाषा तथा संस्कृति संरक्षणका लागी प्रशिक्षणले टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले पछिल्ला युवापुस्तामा गुरुङ भेषभुषा, तथा भाषासंस्कृतिका बारेमा सचेत गराउनुपर्ने बताउनुभयो । कार्यक्रममा तमु ह्युँल छोँजधीँका जिल्ला अध्यक्ष रवि गुरुङ, प्रशिक्षक गिरमान गुरुङल गायतले बोल्नुभएको थियो । ४० जनाको सहभागिता रहेको तालिममा गिरमान गुरुङले प्रशिक्षण प्रदान गर्नुभएको थियो । तमु समाज सेवा समितिका अध्यक्ष यामबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालन इश्वर गुरुङले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


