गल्याङ कुरुङ्चेमा मुगरात (न्यौपाने) मन्दिर निर्माणकार्य सम्पन्न ।
नारायण विश्वकर्मा /गल्याङ
स्याङ्जाको गल्याङ नगरपालिका–४, निवुवाखर्क कुरुङ्चेमा मुगरात थर (न्यौपान) को कुल मन्दिर निर्माणकार्य सम्पन्न भएको छ ।
एक महिना पहिले स्थानीय ठेकेदार संग कुल पाँच लाख रुपैयाँमा मन्दिर निर्माणको ठेक्का सम्झौता भएको मन्दिर निर्माण समितिका अध्यक्ष केशवराज न्यौपानेले बताउनुभयो । उहाँले निर्माणका लागि स्थानीय यामकला न्यौपाने र लेखनाथ न्यौपानेले कुल मन्दिर निशुल्क जग्गा दान गरेको बताउनुभयो । न्यौपानेले २१ घर मुगराथ थरले समान रकम संकलन गरेर मन्दिर निर्माण गरिएको बताउनुभयो ।
दुर्गादेवी आधारभुत विद्यालयका प्रध्यानध्यापक रुकमागत न्यौपानेले मुगरात थरको कुल मन्दिरमा लगनको दिन पारेर वर्षमा दुई पटक पुजा हुने बताउनुभयो । उहाँले एउटा वर्ष दुध धार दिने र वलि दिने, अर्को वर्षको दुई पटक दुध धार मात्र दिने जानकारी दिनुभयो ।
निर्माण समितिका उपाध्यक्ष फरसुराम न्यौपाने, सचिव मित्रलाल न्यौपाने, कोषाध्यक्ष वसन्ती गैरे, सदस्यहरु विमला न्यौपाने र बन्दकला न्यौपानेको विशेष सक्रियतामा कार्यमुगरात कुल मन्दिर निर्माणकार्य सम्पन्न भएको हो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


