गणतन्त्र दिवसका अवसरमा नेपाल टेलिकमको ‘विशेष अफर’
काठमाण्डौ – नेपाल टेलिकमले आफ्ना ग्राहकहरुलाई गणतन्त्र दिवस २०७६ को अवसरमा आफ्ना सेवाहरुमा विशेष छुट दिने भएको छ ।
टेलिकमले मंगलबारदेखि लागू हुने गरी ‘रिपब्लिक डे अफर २०७६’ उपलब्ध गराउने भएको छ । यस अन्तर्गत ५० रुपैयाँमा ‘रिपब्लिक डे कम्बो प्याक’ उपलब्ध गराइने छ । यो अफर जेठ १४ देखि जेठ १६ सम्म खरिद गर्न सकिने छ ।
यो छुट योजना अन्तर्गत ५० रुपैयाँमा प्याक खरिद गर पश्चात कुनै पनि समयमा ४ सय एमबी डाटा चलाउन, ३० मिनेट भ्वाइस कल गर्न र एक सय वटा एसएमएस पठाउन सकिने छ । यो प्याक ७ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ ।
छुट प्राप्त गर्नका लागि ग्राहकले *१४१५# मा डायल गर्नु पर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


