एघारौं गणतन्त्र दिवस स्याङ्जामा विविध कार्यक्रम सहित मनाईयो ।

भवानी अधिकारी / स्याङजा :
गणतन्त्र दिवस जिल्ला समारोह समिति स्याङजाले एघारौं गणतन्त्र दिवस प्रभातफेरि सहित अन्तक्रिया कार्यक्रम गरेर बुधवार मनाएको छ ।
पुतलीबजार नगरपालिका वडा नं. १ स्थित मुख्य बजारको परिक्रमागरी जिल्ला समन्वय समितिको सभाहलमा पुगेर अन्तक्र्रिया गरिएको हो ।
कार्यक्रममा बोल्दै पुतलीबजार नगर प्रमुख सीमा क्षेत्रीले सबै राजनीतिक दलहरुको सहकार्य र एकताले गणतन्त्रात्मक ब्यवस्था ल्याउन सफल भएको बताउदै गणतन्त्रको उपलब्धी रक्षा गर्न सम्पूर्ण जनप्रतिनिधी, कर्मचारी, बुद्धिजीवी, राजनीतिक दलहरु, नागरिक समाजले सकारात्मक सहयोग गर्नु पर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला, नेपाली कांग्रेसका कार्यवाहक सभापति कुमार राना, पूर्व जिविस सभापति रामबहादुर थापा, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा लगायतले सरकार र गणतन्त्रात्मक ब्यवस्थाका बारेमा सुझाव एवं टिप्पणी गर्दै गणतन्त्रको बिकल्प नरहेकोमा जोड दिनुभयो ।
जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख गुमानसिंह थापा क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख महेश पुरीले स्वागत एवं वरिष्ठ समाज परिचालक डोलराज ढकालले संचालन गर्नुभएको थियो ।

Facebook Comments Box
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि

स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…

TOP